शित्तल शर्मा
काठमाडौं । गोरखाको चुमनुम्रीमा जन्मिएका साधारण गाउँले केटा सुदन गुरुङ, अहिले काठमाडौं, पोखरा हुँदै सरकार ढाल्ने÷बनाउने खेलाडीसम्मको हैसियतमा पुगेका छन् ।
भूकम्पपछिको उद्धारदेखि कोभिड–१९ महामारीसम्म, उनी सामाजिक सेवामा अभियान्ताका रुपमा देखा परे । हामी नेपाली नामक सस्था खोलेर उनी विभिन्न राष्ट्रिय/अन्तराष्ट्रिय सञ्जालसँग जोडिए । तर, सुदनको कथा त्यत्तिमै सीमित छैन । हरेक कदममा विवाद, अपारदर्शिता र महत्वाकांक्षाले उनलाई केन्द्रमा ल्याएको छ ।
फ्री तिब्बतसँगको उठबस
नेपाल एक चीन नीतिमा अडिग छ । तर पश्चिमा शक्ति राष्ट्रहरुले दलाई लामालाई अगाडी सारेर नेपालको भूमि प्रयोग गरेर चीन विरोधी गतिविधि अगाडी बढाउन चाहिरहेको छ । त्यसक्रममा उनीहरुले तिब्बत मामिलालाई उठाउने र चीनविरोधी गतिविधि केन्द्रीत गर्ने गरेका छन् । फ्रि तिब्बत आन्दोलन नेपालबाट चर्काउने पश्चिमा रणनीतिमा जोडिएको फ्रि तिब्बत मुभमेन्टसँग जोडिएका सस्थासँग सुदनको हिमचिम प्रष्टै देखिएको छ ।
अर्थात पैसाका लागि उनले बैद्य÷अबैध जुनकुनै संघ÷सस्थासँग साक्षेदारी र दोस्ती गर्ने चरित्र सुदनमा देखिएको छ । उनी अध्यक्ष रहेको सस्था ‘हामी नेपाल’ले त्यस्तै मध्ये एक फ्रि तिब्बत आन्दोलनको लागि गतिविधि सञ्चालन गर्न खोलिएका सस्थासँग हात मिलाएका छन् । ती सस्थाहरुबाट आर्थिक सहयोग लिएका देखिन्छन र नेपालले लिएको एक चीन नितिविरुद्द फ्रि तिब्बत आन्दोलनमा उनी कँही न कँही मतियारका रुपमा देखा परिरहेका छन् ।
उनको सस्था हामी नेपालीको आधिकारिक वेबसाइटमै ‘स्टुडेन्ट्स फर अ फ्री तिब्बत (क्ँत्) को सहयोग लिएको भन्दै उक्त सस्थाको लोगो र लिंक राखिएको छ । यो तथ्य सार्वजनिक भएपछि ठूलो प्रश्न उठ्ेको छ उनी कुनै राष्ट्रको हित विपरित अदृश्य शक्तिसँगको हिमचिममा लागेका छन् । उनी जोडिएको उक्त संस्था दलाई लामासँग प्रत्यक्ष जोडिएको छ ।
२०७० सालमा बौद्धमा आत्मदाह गरेका तिब्बती युवक कर्मा ग्यास्टोको घटनामा पनि सुदनले सहयोग लिईरहेको ‘स्टुडेन्ट्स फर अ फ्री तिब्बत नामक यही संस्थाको संलग्नता देखिएको थियो । यस्तै, अमेरिकास्थित हिमालयन चिल्ड्रेन्स फन्ड र नमोबुद्धस्थित थाङ्ग्रु गुम्बासँगको सम्बन्धले सुदनलाई अझ विवादित बनाएको छ । आलोचकहरूको भनाइ छ—यी नेटवर्कमार्फत नेपालमा चीन–विरोधी एजेन्डा घुसाइएको छ, र सुदनले आफ्नो संस्थालाई त्यसको माध्यम बनाएका छन् ।
विवादास्पद व्यापारीसँगको सहकार्य
सुदन र उनकी संस्था ‘हामी नेपाल’ले खुलेर दीपक भट्ट (इन्फिनिटी होल्डिङ्स) र सुलभ÷साहिल अग्रवाल (शंकर समूह) जस्ता व्यापारीलाई सहयोगी भन्दै सम्मान गरेको तथ्य सार्वजनिक छ ।
यी व्यापारीहरू सरकारमा जो सुकै आएपनि विचौलियाका रुपमा काम गर्ने गर्छन् । विवादास्पद पृष्ठभूमिका यी ब्यापारीसँग उनको साँठगाँठ बाक्लो देखिएको छ । यी ब्यापारीहरु धितोपत्र बोर्ड, बीमा प्राधिकरणदेखि बजेट निर्माणसम्म सत्ता–सम्पर्कको दुरुपयोग गरेर विचौलियाको काममा लागेका ब्यापारीहरु हुन् । उनीहरुमाथी विभिन्न सामानहरुको तस्करी गरेको आरोप छ ।
कोरोना महामारीमा अग्रवाल “थर्मल गनको कालोबजारी” प्रकरणमा पक्राउ परेका थिए । भटट जलविधुत देखि हतियार तस्करसम्ममा आरोपित छन् । यस्तैमा सुदन उनीहरुसँग जोडिनु र बाक्लो हिमचिममा रहनुले विवाद जन्माएको छ । सामाजिक सेवाको नाममा विवादित व्यवसायिक घरानासँग नजिकिँदा सुदनको वास्तविक उद्देश्य के हो ? भन्ने छलंग पारेको छ ।
अपारदर्शी आर्थिक सञ्जाल
भूकम्पपछिका वर्षहरूमा ‘हामी नेपाल’ले ठूलो विश्वास जितेको थियो, किनभने सुरुमा संस्थाले पारदर्शिता प्रदर्शन गरेको थियो । वेबसाइटमा चन्दा, सहयोग, खर्च सबै खुलाइन्थ्यो । तर अहिले कहाँबाट कति चन्दा आयो ? ती के केमा कसरी खर्च गरियो, त्यो विवरण गायब छ ।
उपलब्ध विवरणअनुसार पाँच वर्षमै करिब ५४ करोड रुपैयाँ सहयोग संकलन सुदनको सस्थाले गरेको छ । तर, स्रोत र खर्च कहाँ गयो भन्ने खुलाइएको छैन । वेबसाइटमा अहिले बाँकी रकम ६३ लाख ५२ हजार मात्र रहेको देखाइएको छ । उनको सस्था, उनी स्वयम पनि अपारदर्शी गतिविधिका कारण विवाद छन् ।
गोरखाको दुर्गम चुमनुम्रीमा जन्मिएका सुदन सामान्य परिवारमा जन्मेका ब्यक्ति हुन् । परम्परागत गुरुङ परिवार, तर सामान्य पारिवारिक वातावरणले उनलाई लामो समय अँगाल्न सकेन । उनको पृष्ठभूमि हेर्ने हो भने उनी कहाँबाट अहिले कुन स्तरमा आईपुगे भन्ने चित्र सिनेमाको रिल घुमेझै घुमेको देखिन्छ । बुवा–आमाको सम्बन्धविच्छेदपछि उनको बुवा रोजगारीका लागि भारत पलायन भए । आमाले पनि आफ्नो बाटो समाइन् । तीनजना काकामध्ये कान्छा काकाले उनलाई आफ्नै परिवारसँग राखे । उनी हजुरवुवासँग बसेर हुर्किएका थिए ।
हुन त गाउँको सामान्य बालककै जस्तै उनको बाल्यकाल भेडा चराउँदै बित्थ्यो । तर, भेडा चराउने क्रममा भएको एउटा क्षणीय दुर्घटनाले उनी चितवनको ज्योतिनगर झरेका थिए ।
जहाँ घिमिरे परिवारले सञ्चालन गरेको बोर्डिङ स्कुलमा उनले पढाइ अगाडि बढाए । यही स्कुल अहिले भरतपुर महानगरपालिका–२६, ज्योतिनगरमा पर्छ । पढाइमा भने सुदन खासै चम्किएनन् । कक्षा १० मा असफल भएपछि उनी लामो समय हराए । ५–६ वर्ष उनी गुमनाम रहे । त्यसपछि उनी देखिए ठमेलमा ।
सुरुमा कल सेन्टरमा काम गरेर सुदनले गुजारा चलाए । त्यसपछि क्लब र पार्टीहरूमा डीजे बने । ‘डीजे सुदन’ नामले ठमेलका क्लबबीच उनी परिचित भए । २०१२ मा उनले ‘ओएमजी’ क्लब खोले । थिम पार्टीको नयाँ ट्रेन्ड नेपालमा भित्राए । ठमेलमा उनले पैसा मात्र कमाएनन्, ठूलो नेटवर्क पनि बनाए । राजनीतिकदेखि व्यवसायिकसम्म, विदेशी पाहुनादेखि एनजीओकर्मीसम्म, सबैसँग उनको सम्पर्क बढ्यो । त्यही चिनजान भएका हुन् उनको सुन्दुक रुइतसँग ।
२०७२ सालको विनाशकारी भूकम्पले कयौंको ज्यान लियो । काठमाडौं भग्नावशेषले ढाकिँदा, वीर अस्पताल र ट्रमा सेन्टरमा लास र घाइतेको भीड बढ्दा, सुदन गुरुङ पनि उद्धारमा सक्रिय देखिए । उनले स्वयंसेवक परिचालन गरे, अस्पतालमा सहयोग पु¥याए । त्यसलाई उनले ‘सामाजिक अभियन्ता’को रुपमा देखाउँदै पैसो बटुल्ने योजना बनाए ।
रुइतकै सल्लाहमा उनले ‘हामी नेपाल’ नामक स्वयंसेवी संस्था दर्ता गरे । सुन्दुकको बारबारा फाउन्डेसनमार्फत उनले सहयोग पाउन थाले । कोरोना महामारीमा अक्सिजन, प्लाज्मा, एम्बुलेन्स, बेड व्यवस्थादेखि अस्पतालका आपत्कालीन आवश्यकतासम्म उनी एनजिओ÷आइएनजिओको दृश्य अदृश्य आर्थिक सहयोगमा अगाडी देखा परे ।
त्यसलाई उनले आर्थिक रुपमा बलियो बन्ने बाटो देखायो । उनी बैद्य÷अबैध जुनकुनै सस्थासँग पनि हात मिलाउन थाले । डिस्को चलाउँदा देखि नै काठमाडौंका मेयर बालेन्द्रसँग उनको हिमचिम बढ्यो । त्यो सम्वन्ध आजप्रर्यान्त बलियो छ । उनले बालेनका सहयोगीको भूमिका खेल्न थाले । आर्थिक रुपमा लगानी भित्राउने र पारदर्शिताको आवरणमा रकम कहाँबाट आयो र कहाँ खर्च भयो भन्ने हिसाब प्रस्तुत नगरी संस्थागत हिसाबमा आफूलाई ‘अन्तिम मालिक’ जस्तो देखाउन थाले ।
यही कारण उनका आलोचक भन्छन्—‘सुदनले सामाजिक सेवाको आवरणमा आर्थिक सञ्जाललाई व्यवस्थित ढंगले प्रयोग गरेका छन् ।’ सुदनलाई पछाडि बलियो साथ दिने काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) हुन् । ठमेलमा क्लब सञ्चालन गर्दा राजनीतिक–व्यापारी नेटवर्ककै कारण उनले त्यसपछि असफलता भोग्न परेको छैन । उनी अहिले विभिन्न् ठेक्कापटटाका काममा पनि जोडिएका छन् । पोखराको फेवातालमा डुंगा चढ्नेहरुको टिकट काट्ने ठेक्का उनकै छ । माथी पामे देखि फेवातालसम्मकै जमिनमा अनेक रणनीतिक योजनाका कब्जा नीतिमा उनीसहितको टिम लागेको छ । पोखराका ब्यवसायमा उनलाई बैंक ग्यारेन्टी लगायतका काममा सुन्दुक रुइतले साथ दिएका छन् ।
त्यहाँको ठेक्का लिन बालेन, दीपक मनाङे, दीपक भट्ट, सन्दुक रुइत सम्मको सहयोग उनलाई भएको देखिन्छ । धरानका मेयर हर्कसँग भने उनको ठ्याक मिलेको छैन । धरानमा सेभ घोपा अभियान चलाउन पनि सुदन पुगे । तर धरानका मेयर हर्क साम्पाङसँग उनको मन मिलेन । उनले साम्पाङसँग हातेमालो गर्ने प्रयास गरेका थिए । तर यी दुईबीच केही अािर्थक लेनदेनमा कुरा नमिलेपछि विवाद भएको थियो । यस्तो देखिन्छ—सुदनले प्रत्येक क्षेत्रमा आफ्नो पहुँच बढाउन विवादास्पद व्यक्ति वा संस्थासँग सहकार्य गर्न पछि परेनन् ।
सामाजिक अभियन्ता वा नेटवर्क–खेलाडी ?
सुदन गुरुङ आफैंलाई ‘सामाजिक सेवामा आफ्नै खर्च गर्ने, पारदर्शितामा जोड दिने’ पात्रका रूपमा प्रस्तुत गर्छन् । तर, तथ्यहरू फरक देखिन्छन् । फ्री तिब्बत मुभमेन्टमा लागेका संघ सस्था र ब्यक्तिहरुसँगको सम्बन्ध, विवादास्पद व्यापारीसँग उठबस, अपारदर्शी ५४ करोडको आर्थिक सञ्जाल र जेन–जी आन्दोलनलाई ‘हाइज्याक’ गरेको आरोप उनीमाथी छ ।
पोखराको फेवातालदेखि काठमाडौंसम्म ठेक्का र व्यापारिक महत्वाकांक्षा उनीसँग छ । ३८ वर्षका सुदन गुरुङलाई कसैले आधुनिक युवा अभियन्ता देख्छन्, कसैले नेटवर्कको खेलाडी । तर एक कुरा स्पष्ट छ—उनले आफूलाई हरेक ठूलो घटनामा ‘केन्द्रबिन्दु’ बनाइराखेका छन् । देशभर भदौं २३ र २४ मा भएको आन्दोलनमा उनी नै अहिले केन्द्रविन्दुमा देखिन थालेका छन् । उनको धम्कीपूर्ण चेतावनीकै कारण नेपाली सेनाले सम्म करिव समर्पण गरेको देखाईरहेको छ । अहिले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई उनले प्रधानमन्त्री भएपछि खुटटामै ढोगिदिएर अर्काे चर्चा बटुलेका छन् । यसभित्र उनका अब भने ब्यापारिक स्वार्थ र महत्वांकाक्षा जोडिएर आएको छ । उनले दुई वर्षयता राजनीतिमा आउने बताईरहेका छन् । उनले राजनीतिमा आउने खुड्किलो विवादको छविलाइृ लुकाएर समाजसेवाको आवरणलाइृ मात्रै देखाउन कोसिस गरिरहेका छन् । तर उनले जति लुकाउन खोज्दा पनि विवादास्पद साठगाँठ र आर्थिक लेनदेन कुनै न कुनै रुपमा खुलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ भदौ २०८२, १४ : १५
लेखकबाट थप