शित्तल शर्मा
काठमाडौं । गोरखाको चुमनुम्रीमा जन्मिएका साधारण गाउँले केटा सुदन गुरुङ, अहिले काठमाडौं, पोखरा हुँदै सरकार ढाल्ने÷बनाउने खेलाडीसम्मको हैसियतमा पुगेका छन् ।
भूकम्पपछिको उद्धारदेखि कोभिड–१९ महामारीसम्म, उनी सामाजिक सेवामा अभियान्ताका रुपमा देखा परे । हामी नेपाली नामक सस्था खोलेर उनी विभिन्न राष्ट्रिय/अन्तराष्ट्रिय सञ्जालसँग जोडिए । तर, सुदनको कथा त्यत्तिमै सीमित छैन । हरेक कदममा विवाद, अपारदर्शिता र महत्वाकांक्षाले उनलाई केन्द्रमा ल्याएको छ ।
फ्री तिब्बतसँगको उठबस
नेपाल एक चीन नीतिमा अडिग छ । तर पश्चिमा शक्ति राष्ट्रहरुले दलाई लामालाई अगाडी सारेर नेपालको भूमि प्रयोग गरेर चीन विरोधी गतिविधि अगाडी बढाउन चाहिरहेको छ । त्यसक्रममा उनीहरुले तिब्बत मामिलालाई उठाउने र चीनविरोधी गतिविधि केन्द्रीत गर्ने गरेका छन् । फ्रि तिब्बत आन्दोलन नेपालबाट चर्काउने पश्चिमा रणनीतिमा जोडिएको फ्रि तिब्बत मुभमेन्टसँग जोडिएका सस्थासँग सुदनको हिमचिम प्रष्टै देखिएको छ ।
अर्थात पैसाका लागि उनले बैद्य÷अबैध जुनकुनै संघ÷सस्थासँग साक्षेदारी र दोस्ती गर्ने चरित्र सुदनमा देखिएको छ । उनी अध्यक्ष रहेको सस्था ‘हामी नेपाल’ले त्यस्तै मध्ये एक फ्रि तिब्बत आन्दोलनको लागि गतिविधि सञ्चालन गर्न खोलिएका सस्थासँग हात मिलाएका छन् । ती सस्थाहरुबाट आर्थिक सहयोग लिएका देखिन्छन र नेपालले लिएको एक चीन नितिविरुद्द फ्रि तिब्बत आन्दोलनमा उनी कँही न कँही मतियारका रुपमा देखा परिरहेका छन् ।
उनको सस्था हामी नेपालीको आधिकारिक वेबसाइटमै ‘स्टुडेन्ट्स फर अ फ्री तिब्बत (क्ँत्) को सहयोग लिएको भन्दै उक्त सस्थाको लोगो र लिंक राखिएको छ । यो तथ्य सार्वजनिक भएपछि ठूलो प्रश्न उठ्ेको छ उनी कुनै राष्ट्रको हित विपरित अदृश्य शक्तिसँगको हिमचिममा लागेका छन् । उनी जोडिएको उक्त संस्था दलाई लामासँग प्रत्यक्ष जोडिएको छ ।
२०७० सालमा बौद्धमा आत्मदाह गरेका तिब्बती युवक कर्मा ग्यास्टोको घटनामा पनि सुदनले सहयोग लिईरहेको ‘स्टुडेन्ट्स फर अ फ्री तिब्बत नामक यही संस्थाको संलग्नता देखिएको थियो । यस्तै, अमेरिकास्थित हिमालयन चिल्ड्रेन्स फन्ड र नमोबुद्धस्थित थाङ्ग्रु गुम्बासँगको सम्बन्धले सुदनलाई अझ विवादित बनाएको छ । आलोचकहरूको भनाइ छ—यी नेटवर्कमार्फत नेपालमा चीन–विरोधी एजेन्डा घुसाइएको छ, र सुदनले आफ्नो संस्थालाई त्यसको माध्यम बनाएका छन् ।
विवादास्पद व्यापारीसँगको सहकार्य
सुदन र उनकी संस्था ‘हामी नेपाल’ले खुलेर दीपक भट्ट (इन्फिनिटी होल्डिङ्स) र सुलभ÷साहिल अग्रवाल (शंकर समूह) जस्ता व्यापारीलाई सहयोगी भन्दै सम्मान गरेको तथ्य सार्वजनिक छ ।
यी व्यापारीहरू सरकारमा जो सुकै आएपनि विचौलियाका रुपमा काम गर्ने गर्छन् । विवादास्पद पृष्ठभूमिका यी ब्यापारीसँग उनको साँठगाँठ बाक्लो देखिएको छ । यी ब्यापारीहरु धितोपत्र बोर्ड, बीमा प्राधिकरणदेखि बजेट निर्माणसम्म सत्ता–सम्पर्कको दुरुपयोग गरेर विचौलियाको काममा लागेका ब्यापारीहरु हुन् । उनीहरुमाथी विभिन्न सामानहरुको तस्करी गरेको आरोप छ ।
कोरोना महामारीमा अग्रवाल “थर्मल गनको कालोबजारी” प्रकरणमा पक्राउ परेका थिए । भटट जलविधुत देखि हतियार तस्करसम्ममा आरोपित छन् । यस्तैमा सुदन उनीहरुसँग जोडिनु र बाक्लो हिमचिममा रहनुले विवाद जन्माएको छ । सामाजिक सेवाको नाममा विवादित व्यवसायिक घरानासँग नजिकिँदा सुदनको वास्तविक उद्देश्य के हो ? भन्ने छलंग पारेको छ ।
अपारदर्शी आर्थिक सञ्जाल
भूकम्पपछिका वर्षहरूमा ‘हामी नेपाल’ले ठूलो विश्वास जितेको थियो, किनभने सुरुमा संस्थाले पारदर्शिता प्रदर्शन गरेको थियो । वेबसाइटमा चन्दा, सहयोग, खर्च सबै खुलाइन्थ्यो । तर अहिले कहाँबाट कति चन्दा आयो ? ती के केमा कसरी खर्च गरियो, त्यो विवरण गायब छ ।
उपलब्ध विवरणअनुसार पाँच वर्षमै करिब ५४ करोड रुपैयाँ सहयोग संकलन सुदनको सस्थाले गरेको छ । तर, स्रोत र खर्च कहाँ गयो भन्ने खुलाइएको छैन । वेबसाइटमा अहिले बाँकी रकम ६३ लाख ५२ हजार मात्र रहेको देखाइएको छ । उनको सस्था, उनी स्वयम पनि अपारदर्शी गतिविधिका कारण विवाद छन् ।
गोरखाको दुर्गम चुमनुम्रीमा जन्मिएका सुदन सामान्य परिवारमा जन्मेका ब्यक्ति हुन् । परम्परागत गुरुङ परिवार, तर सामान्य पारिवारिक वातावरणले उनलाई लामो समय अँगाल्न सकेन । उनको पृष्ठभूमि हेर्ने हो भने उनी कहाँबाट अहिले कुन स्तरमा आईपुगे भन्ने चित्र सिनेमाको रिल घुमेझै घुमेको देखिन्छ । बुवा–आमाको सम्बन्धविच्छेदपछि उनको बुवा रोजगारीका लागि भारत पलायन भए । आमाले पनि आफ्नो बाटो समाइन् । तीनजना काकामध्ये कान्छा काकाले उनलाई आफ्नै परिवारसँग राखे । उनी हजुरवुवासँग बसेर हुर्किएका थिए ।
हुन त गाउँको सामान्य बालककै जस्तै उनको बाल्यकाल भेडा चराउँदै बित्थ्यो । तर, भेडा चराउने क्रममा भएको एउटा क्षणीय दुर्घटनाले उनी चितवनको ज्योतिनगर झरेका थिए ।
जहाँ घिमिरे परिवारले सञ्चालन गरेको बोर्डिङ स्कुलमा उनले पढाइ अगाडि बढाए । यही स्कुल अहिले भरतपुर महानगरपालिका–२६, ज्योतिनगरमा पर्छ । पढाइमा भने सुदन खासै चम्किएनन् । कक्षा १० मा असफल भएपछि उनी लामो समय हराए । ५–६ वर्ष उनी गुमनाम रहे । त्यसपछि उनी देखिए ठमेलमा ।
सुरुमा कल सेन्टरमा काम गरेर सुदनले गुजारा चलाए । त्यसपछि क्लब र पार्टीहरूमा डीजे बने । ‘डीजे सुदन’ नामले ठमेलका क्लबबीच उनी परिचित भए । २०१२ मा उनले ‘ओएमजी’ क्लब खोले । थिम पार्टीको नयाँ ट्रेन्ड नेपालमा भित्राए । ठमेलमा उनले पैसा मात्र कमाएनन्, ठूलो नेटवर्क पनि बनाए । राजनीतिकदेखि व्यवसायिकसम्म, विदेशी पाहुनादेखि एनजीओकर्मीसम्म, सबैसँग उनको सम्पर्क बढ्यो । त्यही चिनजान भएका हुन् उनको सुन्दुक रुइतसँग ।
२०७२ सालको विनाशकारी भूकम्पले कयौंको ज्यान लियो । काठमाडौं भग्नावशेषले ढाकिँदा, वीर अस्पताल र ट्रमा सेन्टरमा लास र घाइतेको भीड बढ्दा, सुदन गुरुङ पनि उद्धारमा सक्रिय देखिए । उनले स्वयंसेवक परिचालन गरे, अस्पतालमा सहयोग पु¥याए । त्यसलाई उनले ‘सामाजिक अभियन्ता’को रुपमा देखाउँदै पैसो बटुल्ने योजना बनाए ।
रुइतकै सल्लाहमा उनले ‘हामी नेपाल’ नामक स्वयंसेवी संस्था दर्ता गरे । सुन्दुकको बारबारा फाउन्डेसनमार्फत उनले सहयोग पाउन थाले । कोरोना महामारीमा अक्सिजन, प्लाज्मा, एम्बुलेन्स, बेड व्यवस्थादेखि अस्पतालका आपत्कालीन आवश्यकतासम्म उनी एनजिओ÷आइएनजिओको दृश्य अदृश्य आर्थिक सहयोगमा अगाडी देखा परे ।
त्यसलाई उनले आर्थिक रुपमा बलियो बन्ने बाटो देखायो । उनी बैद्य÷अबैध जुनकुनै सस्थासँग पनि हात मिलाउन थाले । डिस्को चलाउँदा देखि नै काठमाडौंका मेयर बालेन्द्रसँग उनको हिमचिम बढ्यो । त्यो सम्वन्ध आजप्रर्यान्त बलियो छ । उनले बालेनका सहयोगीको भूमिका खेल्न थाले । आर्थिक रुपमा लगानी भित्राउने र पारदर्शिताको आवरणमा रकम कहाँबाट आयो र कहाँ खर्च भयो भन्ने हिसाब प्रस्तुत नगरी संस्थागत हिसाबमा आफूलाई ‘अन्तिम मालिक’ जस्तो देखाउन थाले ।
यही कारण उनका आलोचक भन्छन्—‘सुदनले सामाजिक सेवाको आवरणमा आर्थिक सञ्जाललाई व्यवस्थित ढंगले प्रयोग गरेका छन् ।’ सुदनलाई पछाडि बलियो साथ दिने काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) हुन् । ठमेलमा क्लब सञ्चालन गर्दा राजनीतिक–व्यापारी नेटवर्ककै कारण उनले त्यसपछि असफलता भोग्न परेको छैन । उनी अहिले विभिन्न् ठेक्कापटटाका काममा पनि जोडिएका छन् । पोखराको फेवातालमा डुंगा चढ्नेहरुको टिकट काट्ने ठेक्का उनकै छ । माथी पामे देखि फेवातालसम्मकै जमिनमा अनेक रणनीतिक योजनाका कब्जा नीतिमा उनीसहितको टिम लागेको छ । पोखराका ब्यवसायमा उनलाई बैंक ग्यारेन्टी लगायतका काममा सुन्दुक रुइतले साथ दिएका छन् ।
त्यहाँको ठेक्का लिन बालेन, दीपक मनाङे, दीपक भट्ट, सन्दुक रुइत सम्मको सहयोग उनलाई भएको देखिन्छ । धरानका मेयर हर्कसँग भने उनको ठ्याक मिलेको छैन । धरानमा सेभ घोपा अभियान चलाउन पनि सुदन पुगे । तर धरानका मेयर हर्क साम्पाङसँग उनको मन मिलेन । उनले साम्पाङसँग हातेमालो गर्ने प्रयास गरेका थिए । तर यी दुईबीच केही अािर्थक लेनदेनमा कुरा नमिलेपछि विवाद भएको थियो । यस्तो देखिन्छ—सुदनले प्रत्येक क्षेत्रमा आफ्नो पहुँच बढाउन विवादास्पद व्यक्ति वा संस्थासँग सहकार्य गर्न पछि परेनन् ।
सामाजिक अभियन्ता वा नेटवर्क–खेलाडी ?
सुदन गुरुङ आफैंलाई ‘सामाजिक सेवामा आफ्नै खर्च गर्ने, पारदर्शितामा जोड दिने’ पात्रका रूपमा प्रस्तुत गर्छन् । तर, तथ्यहरू फरक देखिन्छन् । फ्री तिब्बत मुभमेन्टमा लागेका संघ सस्था र ब्यक्तिहरुसँगको सम्बन्ध, विवादास्पद व्यापारीसँग उठबस, अपारदर्शी ५४ करोडको आर्थिक सञ्जाल र जेन–जी आन्दोलनलाई ‘हाइज्याक’ गरेको आरोप उनीमाथी छ ।
पोखराको फेवातालदेखि काठमाडौंसम्म ठेक्का र व्यापारिक महत्वाकांक्षा उनीसँग छ । ३८ वर्षका सुदन गुरुङलाई कसैले आधुनिक युवा अभियन्ता देख्छन्, कसैले नेटवर्कको खेलाडी । तर एक कुरा स्पष्ट छ—उनले आफूलाई हरेक ठूलो घटनामा ‘केन्द्रबिन्दु’ बनाइराखेका छन् । देशभर भदौं २३ र २४ मा भएको आन्दोलनमा उनी नै अहिले केन्द्रविन्दुमा देखिन थालेका छन् । उनको धम्कीपूर्ण चेतावनीकै कारण नेपाली सेनाले सम्म करिव समर्पण गरेको देखाईरहेको छ । अहिले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई उनले प्रधानमन्त्री भएपछि खुटटामै ढोगिदिएर अर्काे चर्चा बटुलेका छन् । यसभित्र उनका अब भने ब्यापारिक स्वार्थ र महत्वांकाक्षा जोडिएर आएको छ । उनले दुई वर्षयता राजनीतिमा आउने बताईरहेका छन् । उनले राजनीतिमा आउने खुड्किलो विवादको छविलाइृ लुकाएर समाजसेवाको आवरणलाइृ मात्रै देखाउन कोसिस गरिरहेका छन् । तर उनले जति लुकाउन खोज्दा पनि विवादास्पद साठगाँठ र आर्थिक लेनदेन कुनै न कुनै रुपमा खुलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ भदौ २०८२, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवादमा तानिएपछि सुदन गुरुङले दिए स्पस्टीकरण
रवि लामिछानेलाई भेट्न पुगे गृहमन्त्री गुरुङ, पार्टीभित्र राजीनामाको दबाब तीव्र
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
सरकारी तलब-भत्ता तथा सुविधा नलिने रास्वपा सांसद गुरुङको घोषणा
गोरखा-१ मा सुदन गुरुङको अग्रता
गोरखा-१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा