काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद विनिता कठायतलाई बोल्न दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताइन् ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद धवल शमशेर राणालाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए ।
दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ साउन २०८२, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ? भन्दै रास्वपाले संसदमा उठायो प्रश्न
सरकार मान्छे र सरकारी जग्गा बेच्नमा केन्द्रित छ, औचित्य समाप्त भइसक्यो: रास्वपा
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
एक वर्षसम्म विवरण अद्यावधिक नगरिएपछि कानून व्यवसायी लिएर निर्वाचन आयोग पुग्यो रास्वपा
रास्वपाको नामबाट ‘स्वतन्त्र’शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी
आज राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै