काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिएको बताएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले एक वर्षमा विकासका राष्ट्रिय आयोजनाहरूको कामले समेत गति लिएको दाबी गरेका हुन् ।
यसअघि टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन नभए पनि अहिले त्यो शुरूआत भएको प्रधानमन्त्री ओलीको दाबी छ ।
नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरू संशोधन भएको र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढाएको उनले उल्लेख गरेका छन् ।
गर्नु पर्ने कामहरू अझै धेरै भएकाले सरकारको ध्यान त्यसैमा केन्द्रित रहेको उनको भनाइ छ । 'हामी सरकारमा आएको एक वर्ष पुग्दै छ । यस बीचमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ। टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ,' उनले लेखेका छन्, 'नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरू संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ। गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति