काठमाडौं । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । बुधबार बजारको परिसूचक नेप्से १३.९६ अंक घटेको हो । योसँगै नेप्से २६२० अंकमा कायम भएको छ ।
नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको भयो । ६२ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने एउटाको स्थिर रह्यो ।
दुई पुनर्बीमा कम्पनीको मूल्य उच्च दरमा बढ्दा अन्य समूह सबैभन्दा धेरै २.४६ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक समूह १.१९ प्रतिशत बढ्यो भने अरु सबै समूह घटेका छन्।
बैंकिङ ०.४९, फाइनान्स ०.२१, होटल तथा पर्यटन १.५४, हाइड्रोपावर १.९६, लगानी १.०८, जीवन बीमा ०.८६, उत्पादन ०.९२, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा १.३९ तथा व्यापार ०.६९ प्रतिशत घटे ।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । पिपुल्स पावरको ७.८८, उपकार लघुवित्तको ६.३१, नेपाल पुनर्बीमाको ५.६६ तथा लुम्बिनी विकास बैंकको ४.१५ प्रतिशत मूल्य बढ्यो ।
गुराँस लघुवित्तको १०, नेपाल माइक्रो इन्स्योरेन्सको ९.७१, बाराही हाइड्रोपावरको ९.२६, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ७.५५ तथा बुटवल पावरको ६.१२ प्रतिशत मूल्य घट्यो । राधि विद्युत्, युनिभर्सल पावर, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, ङादी ग्रुप तथा लुम्बिनी विकास बैंक धेरै कारोबार भएका कम्पनी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा