काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई आफ्नो चरित्रमा भन्दा पनि पुराना दलको खेदो खन्नुमा मात्रै केन्द्रित गरेको आरोप लगाएका छन् । सोमबार फेसबुकमा उनले हालको राजनीतिक परिस्थिति र सुशासनको भाष्यप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
निर्वाचनका समयमा नयाँ शक्तिले मात्रै सुशासन ल्याउने र देश बनाउने भन्दै व्यापक प्रचार गरिएको स्मरण गर्दै उनले अहिलेको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । “चुनावका समयमा नयाँले सुशासन ल्याउँछ, देश बन्छ भनेर हल्लीखल्ली नै भयो,” उनले भनेका छन्, “तर अहिले सुशासन नयाँको चरित्रमा होइन, पुरानाको खेदो खन्नुमा मात्रै खोजिँदै रहेछ ।”
फागुन २१ गतेको निर्वाचनको नतिजापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ बहुमतको सरकार बनाउँदा नेकपा एमाले २५ सिटमा खुम्चिँदै तेस्रो दल बनेको छ ।
एमाले महासचिव पोखरेलले नयाँ दलहरूले जनअपेक्षा अनुसार काम गर्नुभन्दा पनि पुराना दलहरूलाई गाली गरेर मात्रै आफूलाई स्थापित गर्न खोजेको सङ्केत गरेका हुन् । उनले सुशासन नारामा मात्र नभई व्यवहार र चरित्रमा देखिनुपर्नेमा जोड दिएका छन् ।
वालेन्द्र शाह सरकारले एमाले अध्यक्ष केपी ओलीलाई भदौ २३ को जेनजी आन्दोलनमा बल प्रयोग गरेको भन्दै पक्राउ गरेर हिरासतमा लिएपछि एमाले सरकारप्रति आक्रामक बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०८२, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल
अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक : शंकर पोखरेल
सुकुम्वासीको वेदना बुझेर सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी हो : शंकर पोखरेल
लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद केही समयका पाहुना : शंकर पोखरेल
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाए : शंकर पोखरेल