काठमाडौँ । सेयर बजार परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन उच्च सुधार रहेको बजार आज करेक्सन (सुधार) को बाटोमा गएको हो । आज परिसूचक १२.६० अंकले घटेर २६६१.०८ अंकमा पुगेको हो । बुधबार शेयर बजार परिसूचक ६३ अंकले बढेको थियो । यसरी बजार बढ्नुमा राजनीतिक स्थायित्व र राष्ट्र बैंकको गभर्नर नियुक्तिको संकेतलाई लिइएको थियो ।
सत्ता साझेदार दल काँग्रेसले आफूले भनेको उम्मेदवारलाई गभर्नर नियुक्ति गर्ने वातावरण बनाउन शुक्रबारसम्मको समय दिएको छ । तर, आजसम्म गभर्नर नियुक्तिको हुन सकेको छैन । आज बजार घटे पनि कारोबार रकममा भने उत्साह कायमै छ । आज बजारमा ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भयो जबकी हिजो १० अर्ब २२ करोडको मात्रै कारोबार भएको थियो ।
आज बजारमा १५० कम्पनीको मूल्य घटेको छ भने ९६ कम्पनीको मूल्य बढेको छ । फाइनान्स समूह आज पनि ४ प्रतिशत भन्दा धेरैले बढेको देखिन्छ । आन ६ वटा समूहको परिसूचक बढ्दा ७ वटाको बढेको देखिन्छ ।
बजारमा गिरावटका बाबजुद आज ४ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो इन्स्योरेन्स, छ्याङ्दी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्समा सकारात्मक सर्किट लागेको हो । बजारमा आज ङादी ग्रुप पावरको शेयर सर्वाधिक कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार
४.५ अंकले घट्यो सेयर बजार