काठमाडौँ । मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका-२मा बस्ने २४ वर्ष रोजन भुजेल रहेका छन् ।
प्रहरीका अनुसार उनले हेटौडा तथा वीरगञ्जको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने भनी प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले दुई जना युवती भारततर्फ लैजाँदै गरेको अनुसन्धानमा खुलेको छ ।
पर्सा वीरगञ्जमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका दुई जना युवतीहरूलाई रोकी आफन्त नेपालका कर्मचारी समेतको उपस्थितिमा सोधपुछ गर्दा शंकास्पद देखिएकाले सोमवार साँझ पक्राउ गरेको हो ।
भुजेललाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ