काठमाडौं । आफ्नो एकल इजलासले टुंगाइसकेको विषयलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले डेढ वर्ष फेरि फेरि सुनुवाइ गरेको छ ।
न्यायपरिषद्ले संशोधन गरेको नियमावली संविधानसँग बाझिएको भन्ने दाबीसहित परेको रिट निवेदन डेढ वर्षअघि नै सर्वोच्च अदालतले खारेज गरेको भएपनि फेरि त्यही मागदाबी सहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्यो । स्वतन्त्र कानुन व्यवसायी मञ्चका अध्यक्ष यज्ञमणि न्यौपाने लगायतले दायर गरेको निवेदनमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्माको इजलासले सुनुवाइ गरेको हो ।
असोज २०८० मा न्यायपरिषद्ले आफ्नो नियमावली संशोधन गरेको थियो । संशोधिन नियमावलीले न्यायसेवाका सचिव र मुख्यसचिवहरू न्यायाधीश हुँदा उनीहरूको पहिलेको पदबहाल मितिदेखि गणना हुने गरी जेष्ठताक्रम लागू गरेको थियो ।२ असोजमा न्यायपरिषद्ले नियमावली संशोधन गरेको तीन दिनपछि नै सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो । २१ असोजमा न्यायाधीश डा. कुमार चुडालको इजलासले निवेदन खारेज गरेको हो ।
‘न्यायाधीश वा न्यायाधीश हुने न्याय सेवाका कर्मचारीको जेष्ठता कायम गर्न,’ मात्रै नियमावली संशोधन गरेको भन्दै सर्वोच्च अदालतले मुद्दा दायर गर्ने हक(हकदैया) नभएको भन्दै रिट निवेदन खारेज गरेको थियो ।
एकपटक टुंगिएको विवाद उही तहको अदालतमा उही ढंगले प्रवेश गराउन मिल्दैन । सर्वोच्च अदालतको एकल इजलासले टुंग्याएको विवादसँग मिल्दोजुल्दो मागदाबी भएको विषयलाई सर्वोच्चको संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ बैशाख २०८२, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस
सर्वोच्चका न्यायाधीश सिफारिसको तयारी, इजलास नराखी छलफलमा जुटे प्रधानन्यायाधीश
यातायात व्यवसायीको हड्तालविरुद्ध सर्वोच्चमा रिट, बुधबारलाई तोकियो पेसी
आज पूर्वगृहमन्त्री रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुँदै
निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिटमा आएन अन्तरिम आदेश
गभर्नरको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’मा