सर्वोच्चद्वारा आफ्नै नजिर बदर

पत्रपत्रिकाबाट

सोमबार, ०४ जेठ २०८३, ०८ : ३२
सर्वोच्चद्वारा आफ्नै नजिर बदर

काठमाडौ । सर्वोच्च अदालतले कर्मचारी समायोजन ऐन अनुसार प्रदेशमा समायोजित कर्मचारीको बढुवामा सङ्घीय कानुन लागु हुने संयुक्त इजलासबाट प्रतिपादित नजिर बदर गरेको छ । 

डा. जगदीश जोशीविरुद्ध प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमसमेत विपक्षी भएको मुद्दामा प्रतिपादित नजिर पूर्ण इजलासले बदर गरेको हो । संयुक्त इजलासले सङ्घीय र प्रदेश कानुनको असङ्गति देखाई बढुवामा सङ्घीय कानुन लागु हुने नजिर स्थापित गरेको थियो । पूर्ण इजलासले उक्त नजिर बदर गरेको हो ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनीलकुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहको अधिकृत सातौँ तहका नरेशकुमार यादवको रिट यसअघिको नजिरलाई फैसलाको मितिदेखि नै लागु हुनेगरी बदर गरेको हो ।

प्रदेश निजामती सेवा प्रदेशको एकल अधिकार रहेकाले कर्मचारी समायोजन ऐनको व्यवस्था आकर्षित नहुने पनि फैसलामा उल्लेख छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस