काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको सबैभन्दा बलियो राजनीतिक शक्ति अहिले एमाले भएकाले चौतर्फी प्रहार भइरहेको बताएका छन् । प्रेस चौतारी नेपालको दोस्रो पूर्ण बैठक तथा सम्मान कार्यक्रममा शुक्रबार उनले सो कुरा बताएका हुन् ।
‘अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार छ, बलियो शक्तिलाई कमजोर बनाउन राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले घेराबन्दी गरेको साँचो हो, तर मुलुकको हितमा एमाले समर्पित छ, डगमगाउँदैन’ उनले भने ।
विचार निर्माताहरू नै अहिले बाहिरको शक्तिबाट परिचालित रहेको चर्चा गर्दै महासचिव पोखरेलले भने, “स्वतन्त्र विचार राख्ने र देश र जनताको पक्षमा विचार निर्माण गर्नेहरूको उपस्थिति कमजोर देखिएको छ, विदेशी सहयोगमा धेरै अनुसन्धानको काम हुने गर्छ, हामीले चाहेजस्तो वैचारिक बहस हुन सकेको छैन ।”
राष्ट्रियता, विकास समृद्धि र सामाजिक न्यायको मुद्दामा एमाले जति अब्बल अरु कुनै शक्ति मुलुकमा नरहेको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भने, “राष्ट्रियता, मुलुकको सम्प्रभुता, आर्थिक समृद्धि र सामाजिक न्यायमा कसैसँग सम्झौता गर्दैनौँ, त्यो हाम्रो मुद्दा हो ।”
गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश दिएपछि हौसिएका राजावादीहरूका कारण चैत १५ गते तीनकुनेमा घटना घटेको भन्दै उनले त्यसको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र भएको स्पष्ट पारे ।अर्को प्रसंगमा महासचिव पोखरेलले भने, “कतिपयले भनिरहनुभएको छ, सरकारको नेतृत्व गरेको दलले पनि सडकमा प्रदर्शन गर्ने हो र ? तर मुलुकको लोकतन्त्र, राष्ट्रियता खतरामा पर्दा सत्तापक्ष पनि सडकमा आउन आवश्यक हुन्छ ।” एमाले कमजोर हुँदा मुलुक संकटमा पर्ने उनले बताए।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले समेत धारणा राखेका छन् । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), सञ्चारिका समूहका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।
सो अवसरमा महासचिव पोखरेल, स्थायी कमिटी सदस्य ढकाल, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा बधाई ज्ञापन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल
नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल
सरकार निर्वाचन गराउने बाटोमा अग्रसर छैनः शंकर पोखरेल
मधेसका मुख्यमन्त्रीलाई तत्काल राजीनामा गराई कोर्स करेक्सन गराउनुपर्ने शंकर पोखरेलको प्रस्ताव
मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ’: शंकर पोखरेल
शंकर पोखरेलको प्रश्न- ‘कुलमानलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?’