काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोलि पार्टीले गर्न लागेको युवा भेला ऐतिहासिक हुने दाबी गरेका छन् । अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भेलामा सहभागी हुन सबैलाई आह्वान गरे ।
उनले भने, ‘भोलि पार्टीले आयोजना गरेको युवा भेला गर्दैछौं । १२ बजे भृकुटीमण्डपमा भेला हुनेछौं र त्यहाँ युवाहरूको ऐतिहासिक जमघट हुनेछ र त्यसबाट हामीले उत्पेरित भएर प्रेरणा लिनेछौं । युवाहरूको जमघटबाट हामीले एउटा सन्देश दिनेछौं ।’
अब मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनको लागि युवा पुस्ता तयार र सक्षम छ भन्ने सन्देश दिने बताए । युवा पलायन भइरहेको बेलामा देश निर्माण गर्ने भावना जागरित गर्नको लागि युवाहरू संगठितरूपमा अगाडि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्य बुझेको एमाले हरेक चुनौतीको सामना गर्छ : शंकर पोखरेल
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल