काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोलि पार्टीले गर्न लागेको युवा भेला ऐतिहासिक हुने दाबी गरेका छन् । अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भेलामा सहभागी हुन सबैलाई आह्वान गरे ।
उनले भने, ‘भोलि पार्टीले आयोजना गरेको युवा भेला गर्दैछौं । १२ बजे भृकुटीमण्डपमा भेला हुनेछौं र त्यहाँ युवाहरूको ऐतिहासिक जमघट हुनेछ र त्यसबाट हामीले उत्पेरित भएर प्रेरणा लिनेछौं । युवाहरूको जमघटबाट हामीले एउटा सन्देश दिनेछौं ।’
अब मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनको लागि युवा पुस्ता तयार र सक्षम छ भन्ने सन्देश दिने बताए । युवा पलायन भइरहेको बेलामा देश निर्माण गर्ने भावना जागरित गर्नको लागि युवाहरू संगठितरूपमा अगाडि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल
नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल
सरकार निर्वाचन गराउने बाटोमा अग्रसर छैनः शंकर पोखरेल
मधेसका मुख्यमन्त्रीलाई तत्काल राजीनामा गराई कोर्स करेक्सन गराउनुपर्ने शंकर पोखरेलको प्रस्ताव
मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ’: शंकर पोखरेल
शंकर पोखरेलको प्रश्न- ‘कुलमानलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?’