काठमाडौँ। कर्मचारी ट्रेड युनियनले राज्य व्यवस्था समितिलाई निरन्तर दबाब दिएको छ ।
आज सिंहदरवारस्थित समितिको बैठक बस्नुअघि संयुक्त ट्रेड युनियनमार्फत निजामती कर्मचारीले सभाकक्ष बाहिर धर्ना दिएका थिए ।
यसअघि पनि समितिको बैठक बस्ने दिन युनियनका नेताहरूले सभाकक्ष बाहिर उपस्थिति भएर दबाब दिएका थिए ।
उनीहरूले विरोधका कार्यक्रमअन्तर्गत यही वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने निर्णय गरेका छन् ।
कर्मचारी संगठनहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्य व्यवस्था समिति सभापतिमा आज मनोनयन दर्ता
तोकियो राज्य व्यवस्था समिति सभापतिको निर्वाचन
राज्य व्यवस्था समितिको सभापति चयन : कांग्रेसभित्र चर्को तानातान
माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
राज्य व्यवस्था समितिको बैठक बस्दै
१५ गतेको घटनाबारे सरकारको जवाफ माग, २२ गते गृहमन्त्रीलाई झिकाइयो