काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा आज मनोनयन दर्ता गर्दैछ ।
सचिवालयका सचिव हर्कराज राईले सोमबार सभापति निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आज मनोनयन गर्ने समय तोकेका हुन् ।
समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिने कार्यतालिकामा उल्लेख छ ।
मनोनयन दिउँसो १ बजेदेखि ४ बजेसम्म सचिवालयका सचिवको कार्यकक्षमा गर्न सकिने कार्यतालिकामा उल्लेख छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो तीन बजे समिति बैठक बसेर निर्वाचन गर्ने तालिका छ ।
राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी भएपछि नैतिकताका आधारमा राजीनामा दिँदा खाली छ । सङ्घीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चुनिसक्नु पर्ने व्यवस्था गरिएकाले बुधबार निर्वाचन गरेर नयाँ सभापति चुन्न लागिएको हो ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति दलहरूबिच भागबन्डा हुँदा नेपाली कांग्रेसको भागमा परेको छ । तर कांग्रेसले सभापतिको उम्मेदवार तय गर्न सकेको छैन । त्यसका लागि कांग्रेसले मंगलबार बिहान ११ बजे शीर्ष नेताहरूको बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० भदौ २०८२, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोकियो राज्य व्यवस्था समिति सभापतिको निर्वाचन
राज्य व्यवस्था समितिको सभापति चयन : कांग्रेसभित्र चर्को तानातान
माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
राज्य व्यवस्था समितिको बैठक बस्दै
राज्य व्यवस्था समितिलाई निरन्तर दबाब दिँदै संयुक्त ट्रेड युनियन
१५ गतेको घटनाबारे सरकारको जवाफ माग, २२ गते गृहमन्त्रीलाई झिकाइयो