सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेका सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए।
गोली प्रहारबाट शिवकुमार मेहता गम्भीर घाइते भएका थिए। उनको प्रहरीको निगरानीमा विराटनगरमा उपचार भइरहेको छ। एक समूहका व्यक्ति पक्राउ परेको र घटनामा संलग्न अर्का समूहका तीन जना अझै फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए।
गोली हान्ने मध्येका अर्का कामेश्वर यादवसहितका तीनजना फरार रहेका छन्। पक्राउ परेका र फरार रहेका तीनजना सीमा क्षेत्रमा बसेर विभिन्न किसिमको अपराधिक गतिविधि गर्दै आएको उनले बताए।
घटनामा ६ जना संलग्न रहेको प्रहरीले जनाएको छ। ती सबै आपराधिक पृष्ठभूमिका व्यक्ति भएको र भारतमा खोजीको सूचीमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए।
पक्राउ परेका रवीन यादव यसअघि गाँजा तस्करीमा संलग्न रहेको र केही दिन अगाडि मात्र पक्राउ परेर छुटेका थिए । गोली लागेर घाइते भएका मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ बैशाख २०८२, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध