सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेका सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए।
गोली प्रहारबाट शिवकुमार मेहता गम्भीर घाइते भएका थिए। उनको प्रहरीको निगरानीमा विराटनगरमा उपचार भइरहेको छ। एक समूहका व्यक्ति पक्राउ परेको र घटनामा संलग्न अर्का समूहका तीन जना अझै फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए।
गोली हान्ने मध्येका अर्का कामेश्वर यादवसहितका तीनजना फरार रहेका छन्। पक्राउ परेका र फरार रहेका तीनजना सीमा क्षेत्रमा बसेर विभिन्न किसिमको अपराधिक गतिविधि गर्दै आएको उनले बताए।
घटनामा ६ जना संलग्न रहेको प्रहरीले जनाएको छ। ती सबै आपराधिक पृष्ठभूमिका व्यक्ति भएको र भारतमा खोजीको सूचीमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए।
पक्राउ परेका रवीन यादव यसअघि गाँजा तस्करीमा संलग्न रहेको र केही दिन अगाडि मात्र पक्राउ परेर छुटेका थिए । गोली लागेर घाइते भएका मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ बैशाख २०८२, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा जुवातास खेलिरहेका १४ जना पक्राउ
घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान् पक्राउ
कैलालीमा साढे दुई किलो चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ
सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगदसहित भारतीय युवक पक्राउ
ससुराको हत्या गरी १५ वर्ष भारतमा लुके, हदम्याद सकिनैलाग्दा प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ परे
सांसद राई पक्राउ गरेको बारे सभामुखलाई जानकारी