काठमाडौं। गृहमन्त्री सुदन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्नु भएको छ। आज साँझ आफ्नो टोलीसहित गुरुङ विमानस्थल पुग्नुभएको हो।
सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङले अनुगमन गरेको मन्त्रीको सचिवालयले जनाएको छ। अनुगमनका क्रममा उहाँले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ।
विदेशबाट स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यस्तो गुनासो दोहोरिन नदिन सचेत गराउनुभएको छ। साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दुःख नदिन पनि उहाँले निर्देशन दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १९ चैत्र २०८२, २२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको १०० दिने उपलब्धि सार्वजनिक, मन्त्रालय घटाउँदा २० अर्ब बचत
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
बालेन सरकारको १०० दिन: कूटनीतिमा नयाँ अभ्यास, भारत–चीनसँग सन्तुलित सम्बन्ध
फरेन्सिक क्षेत्रका विशेषज्ञका लागि स्नातकोत्तर योग्यता अनिवार्य बनाउन सरकारको प्रस्ताव
सरकारका १०० दिन: सुशासन र सार्थक उपलब्धिको गतिमा ऊर्जा मन्त्रालय
खर्च कटौतीको नारा, तर मन्त्रीका सल्लाहकारमा करोडौं खर्च