काठमाडौँ । प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ । काठमाडौँ, ललितपुर, सुनसरी लगायतका जिल्लाबाट १७ जना पक्राउ परेका हुन्। काठमाडौँ महानगरपालिका–१३ बाफलबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, नोर्फिन ४ एम्पुल र प्रोमेथाजाइन हाइड्रोक्लोराइड ४ एम्पुलसहित नागार्जुन नगरपालिका–७ हसनटार बस्ने लमजुङ बेसीसहर नगरपालिका–२ घर भएका ३० वर्षीय सन्दिप बोहरालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बा.प्र.०२–०३१ प ९१३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । त्यस्तै ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित मेरोसिटी अपार्टमेन्टको ब्लक सी को कोठा नम्बर ३०२ बाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब २७ ग्राम र नगद ९० हजार रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ बेलवारी नगरपालिका–८ घर भई काठमाडौँ कपन बस्ने २० वर्षीया प्रमिला तामाङ र विराटनगर महानगरपालिका–११ घर भई काठमाडौँ पुरानो बानेश्वर बस्ने २१ वर्षीया सोनाम साह रहेका छन् । शनिबार बेलुका प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले अपार्टमेन्टको उक्त कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
त्यसैगरी मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ६१ मिलिग्रामसहित धनुषा महेन्द्रनगर घर भई बारा जीतपुर सिमरा उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय जुनेत अन्सारी भन्ने महमद अब्द खान समेत ३
जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
उता सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बिजला टोलबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय अभिषेक कुमार चौधरी र रामधुनी नगरपालिका(३ बस्ने २२ वर्षीय मनिष तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ६ ढलान रोडबाट लागूऔषध ट्रामाडोल १ हजार ४ सय १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १४ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
त्यस्तै तेह्रथुमको म्याङलुङ नगरपालिका–७ लाक्चाम टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट र स्पास्मिड ४ सय ट्याब्लेट सहित सोही नगरपालिका–८ कोबेक बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जिरी खिम्तिबाट खटिएको प्रहरीले जिरीबाट मोराहाङतर्फ जाँदै गरेको को.३८ प ५०९५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उता कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित गोदावरी नगरपालिका–१० बस्ने २३ वर्षीय महेश बोगटीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब २ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर कृष्णपुर नगरपालिका–७ बस्ने २९ वर्षीय मनोज राना र २९ वर्षीय सोहन राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गौरीगंगा नगरपालिका–३ कुचैनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीकै धनगढी उपमहानगरपालिका–२ बाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित गोदावरी नगरपालिका–२ बस्ने २१ वर्षीय अमिश सार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीकै जानकी गाउँपालिका–३ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र २२ वर्षीय राकेश डगौरा थारू रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ चैत्र २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा जुवातास खेलिरहेका १४ जना पक्राउ
घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान् पक्राउ
कैलालीमा साढे दुई किलो चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ
सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगदसहित भारतीय युवक पक्राउ
ससुराको हत्या गरी १५ वर्ष भारतमा लुके, हदम्याद सकिनैलाग्दा प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ परे
सांसद राई पक्राउ गरेको बारे सभामुखलाई जानकारी