छोङछिङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुस्तक ‘दि फस्ट डिकेड अफ रिपब्लिक’ (गणतन्त्रको पहिलो दशक) नामक पुस्तक चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र चीनको छोङछिङ स्कुल विभागलाई हस्तान्तरण गरिएको छ । बिहीबार सो पुस्तक विभागलाई हस्तान्तरण गरिएको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीले माओवादी केन्द्रका नेतालाई छोङछिङ सहरमा दिएको एक प्रशिक्षण कार्यक्रम पश्चात् माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले उक्त पुस्तक हस्तान्तरण गरेका हुन् । त्यसअघि दुई पार्टीकाबिच विभिन्न सहकार्य र अनुभव अादान प्रदानका बारे छलफल भएको थियो ।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताले उक्त पुस्तक महत्त्वपूर्ण रहेको र ज्ञान साटासाटमा थप योगदान पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ चैत्र २०८१, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?