एजेन्सी । मार्क कार्नी क्यानडाको प्रधानमन्त्रीको रूपमा शपथ लिँदै छन् । जस्टिन ट्रुडो पछि मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री हुनेछन् ।
उनले बेलायत र क्यानडाका केन्द्रीय बैंकहरूको नेतृत्व गरिसकेका छन् ।
तीन प्रतिद्वन्द्वीहरूविरुद्ध सजिलै नेतृत्वको दौड जितेका कार्नीले क्यानडाको लिबरल पार्टीको तर्फबाट अर्को आम चुनाव लड्नेछन् ।
जस्टिन ट्रुडोलाई आफ्नै पार्टी भित्रबाट राजीनामा दिन बढ्दो दबाबको सामना गर्नुपरेको थियो । दबाबका कारण उनले नौ वर्ष प्रधानमन्त्रीको रूपमा सेवा गरेपछि जनवरीमा राजीनामाको घोषणा गरेका थिए ।
प्रधानमन्त्रीको पद स्वीकार गर्दै कार्नीले भने, “हाम्रो देशले कालो दिनको सामना गरिरहेको छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा कार्नीले ‘अमेरिकीहरूले हामीलाई सम्मान नगरेसम्म’ अमेरिकी सामानहरूमा पारस्परिक कर लगाउने निर्णय यथावत रहने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीविरुद्धको सुनुवाइ शर्मा र निरौलाको संयुक्त इजलासमा
प्रधानमन्त्रीको चीन भ्रमणमा ओली, मोदी र सी बीच त्रिपक्षीय बैठकको गृहकार्य, होला त सम्भव ?
तीजको मूल सम्बन्ध संयम र आत्म–अनुशासनसँग जोडिएको छ : प्रधानमन्त्री
बुबाको मुख हेर्ने दिन अवसरमा प्रधानमन्त्री ओलीको श्रद्धा प्रकट
प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै दर्ता भएको रिटमा आज पेसी
विपीन रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी : प्रधानमन्त्री ओली