एजेन्सी । मार्क कार्नी क्यानडाको प्रधानमन्त्रीको रूपमा शपथ लिँदै छन् । जस्टिन ट्रुडो पछि मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री हुनेछन् ।
उनले बेलायत र क्यानडाका केन्द्रीय बैंकहरूको नेतृत्व गरिसकेका छन् ।
तीन प्रतिद्वन्द्वीहरूविरुद्ध सजिलै नेतृत्वको दौड जितेका कार्नीले क्यानडाको लिबरल पार्टीको तर्फबाट अर्को आम चुनाव लड्नेछन् ।
जस्टिन ट्रुडोलाई आफ्नै पार्टी भित्रबाट राजीनामा दिन बढ्दो दबाबको सामना गर्नुपरेको थियो । दबाबका कारण उनले नौ वर्ष प्रधानमन्त्रीको रूपमा सेवा गरेपछि जनवरीमा राजीनामाको घोषणा गरेका थिए ।
प्रधानमन्त्रीको पद स्वीकार गर्दै कार्नीले भने, “हाम्रो देशले कालो दिनको सामना गरिरहेको छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा कार्नीले ‘अमेरिकीहरूले हामीलाई सम्मान नगरेसम्म’ अमेरिकी सामानहरूमा पारस्परिक कर लगाउने निर्णय यथावत रहने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग