एजेन्सी । दक्षिण अमेरिकाको चिलीमा बिहीबार शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ६.१ म्याग्निच्युडको थियो । यद्यपि हालसम्म कुनै पनि जनधनको क्षतिको खबर आएको छैन ।
यसको केन्द्र सान पेड्रो डे अटाकामा शहरबाट १०४ किलोमिटर दक्षिण पश्चिममा थियो। यो बोलिभियाको सिमानामा अवस्थित सहर हो। भूकम्पको गहिराई ९३ किलोमिटर थियो ।
भूकम्पको धक्का यति शक्तिशाली थियो कि त्यहाँका मानिसहरूमा ठुलो त्रासको वातावरण बनेको थियो ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २३ फागुन २०८१, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी