धनुषा। धनुषामा ६५ वर्षीया सासूको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । जनकनन्दनी गाउँपालिका- ५ उधाकी ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षाकुमारी मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा उनीहरूबीच झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको हो । घटनाको सूचनापछि इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षाकुमारीलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
लागु औषधसहित दुई पक्राउ