पाल्पा । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत छन् भन्दै तिनको आलोचना गरेका छन् ।
प्रेस सेन्टर नेपालले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतान्त्रिक तरिकाबाट अध्यादेश जारी गरेको आरोप लगाउँदै आफ्नो दल तिनका विरुद्धमा सदनमा उभिने बताए । राजनीतिक अधिकार प्राप्त भए पनि जनताले अझै पनि आर्थिक, समाजिक अधिकार प्राप्त गर्न नसकेको उनको कथन छ ।
विधिको शासन उल्लंघन हुन नदिनेतर्फ पनि माओवादी केन्द्र सचेत रहेको उनले बताए । केन्द्रले सदन र सडकबाट सशक्त ढंगले सरकारको खबरदारी गर्दै आएको बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशमा मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
आज पनि बस्दै सत्तारुढ दलको बैठक, भूमि सम्बन्धी अध्यादेशमा छलफल