काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।
सरकारले संसद छलेर राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेपछि भावी रणनीति तय गर्न विपक्षी दलहरु छलफलमा जुटेका हुन् ।
हिजो (बुधबार) पनि कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो । बैठकले संसद् छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेको थियो । यस्तै अध्यादेशहरु फिर्ता लिन सरकारलाई आग्रह गर्दै स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आह्वान गर्ने निर्णय समेत गरेको थियो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ बैशाख २०८३, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशका बिषयमा कानुनमन्त्रीले दिइन् यस्तो प्रष्टीकरण
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी पदमुक्त
राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी
राष्ट्रपतिले फेरि जारी गरे अर्को अध्यादेश
राष्ट्रपतिले बोलाए कानुनविद्, अध्यादेशबारे सुझाव माग्ने
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ