धनगढी । कैलालीमा अवैध काठसहित तीन जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका-७ मटकौनाबाट ५७.०८ क्युफिट बराबरको चार गोलिया सालको काठसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मटकौनाका ५७ वर्षीय दिनेश चौधरी, ४१ वर्षीय निर्मल डगौरा थारु र ५४ वर्षीय सिताराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले बताए ।
उनीहरुले गौरीगंगा साझेदारी वनबाट अवैध रुपमा काठ ल्याएर दिनेश चौधरीको घरमा लुकाएको अवस्थामा बरामद गरिएको डीएसपी बोहराले बताए । पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय मसुरियामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ