धनगढी । कैलालीमा अवैध काठसहित तीन जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका-७ मटकौनाबाट ५७.०८ क्युफिट बराबरको चार गोलिया सालको काठसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मटकौनाका ५७ वर्षीय दिनेश चौधरी, ४१ वर्षीय निर्मल डगौरा थारु र ५४ वर्षीय सिताराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले बताए ।
उनीहरुले गौरीगंगा साझेदारी वनबाट अवैध रुपमा काठ ल्याएर दिनेश चौधरीको घरमा लुकाएको अवस्थामा बरामद गरिएको डीएसपी बोहराले बताए । पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय मसुरियामा बुझाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ