काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् । वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्दै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन गरेका छन् ।
सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भनेका छन् “आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौँ । श्रीपञ्चमी, सरस्वती पूजा– बालबालिकाको अक्षरारम्भ गर्ने दिन ।
बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू वसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ । ” उनले प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिने गरेको उल्लेख गर्दै सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्पक्षता कायमका लागि लोक सेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री ओली
ओलीको ‘अध्यक्ष मोह’ मा उपाध्यक्षद्वयको ‘काउन्टर’ प्रतिवाद
सिंहदरबारमा शीर्ष नेताहरूबिच छलफल हुँदै
सांसदहरूलाई ओलीको निर्देशन-‘संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्’
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन : प्रधानमन्त्री ओली