नयाँ दिल्ली । भारत र बंगलादेशबिच सम्बन्ध यतिबेला तनावपूर्ण छ । तर दुई पक्षबिच सम्बन्ध तिक्त भएपनि भारतले बंगलादेशलाई १६ हजार टन चामल दिएको छ ।
यो चामलको दोस्रो खेप शनिबार बंगलादेशको मोंगला बन्दरगाहमा पुगेको छ । दुई वटा जहाजमा ती चामल पठाइएको हो । यो खेपमा १६ हजार ४०० टन चामल थियो
बंगलादेशलाई भारतले ३ लाख टन चामल दिने सम्झौता भएको छ । यसमध्ये ४० प्रतिशत मोंगला बन्दरगाहमा र बाँकी चटगाउँ बन्दरगाहमा अनलोड गरिनेछ ।
यसअघि जनवरी २० मा ५ हजार ७०० टन चामल पठाइएको छ । केही दिन अघि बंगलादेशको अन्तरिम सरकारले भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?