विराटनगर। तेह्रथुमको आठराई गाउँपालिका–५ चिसापानीका धनपति प्रसाईँलाई जिउँदै आगोमा जलाउन खोज्ने चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने चार जना सोही ठाउँका हुन् ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक प्रमोद खडकाका अनुसार पक्राउ पर्नेमा गंगाबहादुर जिमदार, धनबहादुर तामाङ, अशोक तामाङ र बस्न्त तामाङ रहेका छन् । घटना बिहीबार साँझ ७ बजे तिर भएको हो ।
प्रसाईँ र पक्राउ पर्नेबीच भने कुनै दुश्मनी नदेखिएको प्रहरीले जनाएको छ । ‘चारै जनाले मादक पदार्थ (मापसे) सेवन गरेका रहेछन् । साँझमा खोल्सा छेउमा उनीहरूको जम्काभेट भएको रहेछ,’ उनले भने, ‘भनाभन हुँदा उनीहरूले झिक्रामा आगो लगाएर त्यहाँ धकेलिदिएका रहेछन् ।’
प्रहरीका अनुसार आगोमा घचेट्नु अगाडि उनीहरूले कुटपिटसमेत गरेका थिए । कुटपिटपछि आवेगमा आएर मार्ने उद्देश्यले नै आगोमा हाले पनि प्रसाईँ भागेर बाँचेको प्रहरी निरीक्षक खड्काले बताए । आगोले पोलेर धनबहादुरको कानमा चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बिहीबार घटना भए पनि प्रहरीलाई भने स्थानीयले शुक्रबार मात्रै खबर गरेका थिए । चारै जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
लागु औषधसहित दुई पक्राउ
पाँच किलो चरेशसहित होटल सञ्चालक पक्राउ