वासिङ्टन डिसी । अमेरिकी सिनेटमा एउटा विधेयक पेस गरिएको छ । यस विधेयकमा अमेरिकामा जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्न माग गरिएको छ ।
यो विधेयक सत्तारुढ रिपब्लिकन पार्टीका तीन सांसदले पेस गरेका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै जन्मसिद्ध नागरिकताको अधिकारमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए । तर एक अमेरिकी अदालतले राष्ट्रपतिको यो आदेश कार्यान्वयनमा रोक लगाएको थियो ।
अब यस सम्बन्धमा विधेयक ल्याएर जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने तयारी भइरहेको छ ।यो विधेयक रिपब्लिकन पार्टीका सिनेटर लिन्डसे ग्राहम, टेड क्रुज र केटी ब्रिटले पेस गरेका हुन् । विधेयकमा जन्मसिद्ध नागरिकता कानुनको दुरुपयोग भइरहेको उल्लेख छ।
अमेरिकासहित जन्मसिद्ध नागरिकता दिने विश्वमा केवल ३३ देशहरू छन् । २०२३ मा नै २ लाख २५ हजारदेखि २ लाख ५० हजार बालबालिकाले जन्मसिद्ध नागरिकता पाएको सेन्टर फर इमिग्रेसन स्टडिजलाई उदृत गर्दै विधेयकमा भनिएको छ ।
यो अमेरिकामा जन्मेका कुल बालबालिकाको सात प्रतिशत भएको भनिएको छ ।जन्मसिद्ध नागरिकता सम्बन्धी नीतिको दुरुपयोग भइरहेको भन्दै अमेरिकामा यो नीति परिवर्तन गर्न धेरै ढिलो भइसकेको ग्राहमले भनेकी छिन् । यसको एउटा उदाहरणमा उनले बर्थ टुरिजम अर्थात् बच्चा जन्माउनकै लागि अमेरिका आउने चलनको उल्लेख गरेकी छिन् ।
आफ्नो बच्चाले अमेरिकी नागरिकता पाओस् भनेर चीन र अन्य देशका धनी व्यक्तिहरू बच्चा जन्माउनको लागि मात्रै अमेरिका आउने गरेको उनले बताइन् । अमेरिकी नागरिकता दिएर अवैध आप्रवासनलाई अमेरिकाले पुरस्कृत गर्नु नहुने र यो धेरै लामो समयदेखि भइरहेको पनि विधेयकमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ माघ २०८१, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा भीषण हिमआँधी, तीन जनाको मृत्यु
७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर
विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?