वासिङ्टन डिसी । अमेरिकी सिनेटमा एउटा विधेयक पेस गरिएको छ । यस विधेयकमा अमेरिकामा जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्न माग गरिएको छ ।
यो विधेयक सत्तारुढ रिपब्लिकन पार्टीका तीन सांसदले पेस गरेका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै जन्मसिद्ध नागरिकताको अधिकारमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए । तर एक अमेरिकी अदालतले राष्ट्रपतिको यो आदेश कार्यान्वयनमा रोक लगाएको थियो ।
अब यस सम्बन्धमा विधेयक ल्याएर जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने तयारी भइरहेको छ ।यो विधेयक रिपब्लिकन पार्टीका सिनेटर लिन्डसे ग्राहम, टेड क्रुज र केटी ब्रिटले पेस गरेका हुन् । विधेयकमा जन्मसिद्ध नागरिकता कानुनको दुरुपयोग भइरहेको उल्लेख छ।
अमेरिकासहित जन्मसिद्ध नागरिकता दिने विश्वमा केवल ३३ देशहरू छन् । २०२३ मा नै २ लाख २५ हजारदेखि २ लाख ५० हजार बालबालिकाले जन्मसिद्ध नागरिकता पाएको सेन्टर फर इमिग्रेसन स्टडिजलाई उदृत गर्दै विधेयकमा भनिएको छ ।
यो अमेरिकामा जन्मेका कुल बालबालिकाको सात प्रतिशत भएको भनिएको छ ।जन्मसिद्ध नागरिकता सम्बन्धी नीतिको दुरुपयोग भइरहेको भन्दै अमेरिकामा यो नीति परिवर्तन गर्न धेरै ढिलो भइसकेको ग्राहमले भनेकी छिन् । यसको एउटा उदाहरणमा उनले बर्थ टुरिजम अर्थात् बच्चा जन्माउनकै लागि अमेरिका आउने चलनको उल्लेख गरेकी छिन् ।
आफ्नो बच्चाले अमेरिकी नागरिकता पाओस् भनेर चीन र अन्य देशका धनी व्यक्तिहरू बच्चा जन्माउनको लागि मात्रै अमेरिका आउने गरेको उनले बताइन् । अमेरिकी नागरिकता दिएर अवैध आप्रवासनलाई अमेरिकाले पुरस्कृत गर्नु नहुने र यो धेरै लामो समयदेखि भइरहेको पनि विधेयकमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ माघ २०८१, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण