मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका छन् । नेता पुटिनले भने, ‘हामीले जहिले पनि यो कुरा भन्दै आएका छौं र म फेरि एक पटक यसमा जोड दिन चाहन्छु, हामी युक्रेनको विषयमा वार्ता गर्न तयार छौं ।’
राष्ट्रपति पुटिनले केही विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै भने, ‘प्रतिबन्धित भइसकेको अवस्थामा अब वार्ता कसरी सुरु गर्न सकिन्छ ? वार्ताका गर्न पहिले प्रतिवन्ध खुकुलो पार्नु आवश्यक छ । यदि वार्ता पुनः सुरु भयो भने युक्रेनको वर्तमान कानूनी ढाँचाअन्तर्गत यो अवैध हुनेछ ।’
उनले थपे, ‘जबसम्म यो आदेश जारी रहन्छ, तबसम्म यी वार्ताहरू सुरु गर्न सकिन्छ कि सकिँदैन वा ती सही तरिकाले पूरा गर्न सकिन्छ भन्ने विश्वास मलाई छैन । त्यसैले वार्ताका लागि वातावरण बनाउन पहिले अर्को चरणको छलफल जरूरी छ ।’
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि रूससँगको वार्तालाई निषेध गर्ने आदेश जारी गरेको उनको भनाइ छ । ‘के यो अवस्थामा वार्ता गर्न सम्भव छ’, पुटिनले भने ।उनले केही प्रारम्भिक छलफल हुनसक्ने भए पनि युक्रेनी पक्षबाट विद्यमान प्रतिबन्धका कारण गम्भीर वार्ता गर्न कठिन हुने उल्लेख गरे ।
रूसी नेताले जेलेन्स्कीलाई वार्तामा प्रतिबन्ध लगाउने आदेश हटाउन र आफ्ना प्रायोजकहरूको आदेश पालना गर्न कुनै हतार नभएको बताए । उनले किएभलाई आर्थिक सहयोग गर्नेहरूले युक्रेनी नेतालाई वार्ताको वातावरण तयार पार्न दबाब दिनुपर्ने बताए ।
विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)को डाभोसमा बिहीबार आयोजित वार्षिक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौताका लागि अमेरिकी प्रयास ‘आशाजनक रुपमा अघि बढेको’ बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले पुटिनलाई किन भने ‘पागल’ ?
पुटिनद्वारा युक्रेनसँग 'प्रत्यक्ष वार्ता' को आह्वान गरे, १५ मेको मिति प्रस्ताव
पुटिन अमेरिकी युद्धविराम प्रस्तावमा सकारात्मक
पुटिनसँग भेट्न जेलेन्स्कीको सर्त
सी र पुटिनबीच भिडियो वार्ता
ट्रम्पले पुटिनलाई गोप्यरुपमा कोरोना टेस्ट किट पठाएको खुलासा