काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिरि पुटिनले रुस सधैँ इरानको वफादार र भरोसायोग्य साथी रहेको बताएका छन् । शनिबार इरानी नेतालाई ‘नवरोज’(इरानी नयाँ वर्ष)का अवसरमा शुभकामना दिँदै पुटिनले यस्तो बताएका हुन् ।
मस्को(रुसी राजधानी) सधैँ तेहरान(इरानी राजधानी)को वफादार र भरोसायोग्य साथी रहेको छ,’ क्रेमलिन(रुसी राष्ट्रपति भवन)द्वारा जारी वक्तव्यमा भनिएको छ,‘राष्ट्रपति भ्लादिमिरि पुटिनले इरानका सर्वोच्च नेता मोजतबा खामेनी र राष्ट्रपति मसुद पेजेस्कियानलाई नयाँ वर्षको शुभकामना दिए र भरोसा दिलाए– इरानी जनता कठिन चुनौतीलाई सम्मानका साथ पार गर्नेछन् ।’
यसअघि पुटिनले अमेरिका र इजरायलले इरानमाथि हमला गरेर पूरै पश्चिम एसियालाई तबाहीको दैलोमा पुर्याएको टिप्पणी गरेका थिए । ‘अमेरिका र इजरायलले एक ठुलो वैश्विक ऊर्जा संकट पैदा गरेका छन्,’ पुटिनले भनेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ चैत्र २०८२, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्ध अन्त्यका लागि पुटिनलाई जेलन्स्कीको खुला पत्र: प्रत्यक्ष वार्ताको प्रस्ताव
पुटिनसँग आसियान शिखर भेट
भिक्ट्री डे परेडमा पुटिनले भने- युक्रेनसँग न्यायसंगत युद्ध लड्दैछौं
युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन
युवा वैज्ञानिकहरूलाई पुटिनले दिए राष्ट्रपति पुरस्कार
फेब्रुअरी १ सम्म किभमा आक्रमण नगर्न पुटिन सहमत