काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग न्यायसंगत युद्ध लडिरहेको टिप्पणी गरेका छन् । मस्कोको रेड स्क्वायरमा रुसको वार्षिक भिक्ट्री–डे(विजय दिवस) परेडमा सम्बोधन गर्दै पुटिनले युक्रेनसँगको युद्ध औचित्यपूर्ण रहेको बताउँदै त्यो न्यायसंगत पनि भएको दाबी गरेका हुन् ।
रुसका लागि भिक्ट्री डे परेड सबैभन्दा ठूलो राष्ट्रिय उत्सव हो । एडल्फ हिटलर नेतृत्वको नाजी जर्मनीमाथि सोभियत संघले हासिल गरेको जितको सम्झनामा रुसले यो दिवस मनाउने गर्छ ।
सो सम्बोधनमा पुटिनले युरोपेली समुदाय र नाटोको चर्को आलोचना पनि गरे । सो क्रममा उनले युक्रेनलाई नाटो देशहरूले हतियार र समर्थन दिइरहेको भन्दै उनीहरूको समर्थनप्राप्त युक्रेन आक्रामक शक्ति भएको दाबी पनि गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ बैशाख २०८३, १८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्ध अन्त्यका लागि पुटिनलाई जेलन्स्कीको खुला पत्र: प्रत्यक्ष वार्ताको प्रस्ताव
पुटिनसँग आसियान शिखर भेट
मस्को सधैँ तेहरानको वफादार साथी रहन्छ : पुटिन
युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन
युवा वैज्ञानिकहरूलाई पुटिनले दिए राष्ट्रपति पुरस्कार
फेब्रुअरी १ सम्म किभमा आक्रमण नगर्न पुटिन सहमत