काठमाडौँ । कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आगामी बजेटबारे छलफल गरेका छन् ।
प्रधानमन्त्रीलाई भेटेर आगामी बजेटमा कर्णालीलाई समेट्नुपर्ने विषयमा बेलैमा लिखित आग्रह गरेको एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन् ।‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भयो, हिजो भनौँ कि आज, हिजो राती साढे ११ बजेबाट आज बिहान १ बजेसम्म,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन् ।
रिजालका अनुसार एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको संयोजन तथा नेतृत्वमा कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
व्यस्त समयका बाबजुद प्रधानमन्त्रीको समय मिलेको भनेर रिजालले आभार समेत प्रकट गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले आफूहरूसँग एआईको प्रयोग, पार्टी अनुशासन र पिएचडीको चर्चा गरेको पनि रिजालले बताएका छन् ।
उनले लेखेका छन्, ‘एमाले र काँग्रेसबिचको कार्यदलको बैठक सकेर, बीचमा अरु भेटघाट पनि गरेर व्यस्तताका बीच प्राप्त समयमा उहाँको विस्तृत ज्ञानको दायराबाट विविध विषयमा लाभ हासिल गरियो-कर्णाली सभ्यता एआईको प्रयोगात्मक परीक्षणसम्म । पार्टी अनुशासनदेखि पीएचडीसम्म ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबिच आज टेलिफोन संवाद हुने
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने