काठमाडौँ । कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आगामी बजेटबारे छलफल गरेका छन् ।
प्रधानमन्त्रीलाई भेटेर आगामी बजेटमा कर्णालीलाई समेट्नुपर्ने विषयमा बेलैमा लिखित आग्रह गरेको एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन् ।‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भयो, हिजो भनौँ कि आज, हिजो राती साढे ११ बजेबाट आज बिहान १ बजेसम्म,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन् ।
रिजालका अनुसार एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको संयोजन तथा नेतृत्वमा कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
व्यस्त समयका बाबजुद प्रधानमन्त्रीको समय मिलेको भनेर रिजालले आभार समेत प्रकट गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले आफूहरूसँग एआईको प्रयोग, पार्टी अनुशासन र पिएचडीको चर्चा गरेको पनि रिजालले बताएका छन् ।
उनले लेखेका छन्, ‘एमाले र काँग्रेसबिचको कार्यदलको बैठक सकेर, बीचमा अरु भेटघाट पनि गरेर व्यस्तताका बीच प्राप्त समयमा उहाँको विस्तृत ज्ञानको दायराबाट विविध विषयमा लाभ हासिल गरियो-कर्णाली सभ्यता एआईको प्रयोगात्मक परीक्षणसम्म । पार्टी अनुशासनदेखि पीएचडीसम्म ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति