काठमाडौँ । रास्वपाका सांसदहरूले संसदीय दलका नेता रवि लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
रास्वपा सांसद सन्तोष परियार, सोभिता गौतम र गणेश पराजुली लगायतले सभामुखलाई भेटेर पदबाट निलम्बन नगर्न ध्यानाकर्षण गराएका हुन् । यसअघि रास्वपाका नेताहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानुन विज्ञहरूसँग परामर्श समेत गरेका थिए ।
सहकारी ठगी प्रकरणसहित विभिन्न तीन अभियोग लगाएर आइतबार रविविरुद्ध मुद्दा दायर भएपछि कास्की प्रहरीले यससम्बन्धी जानकारी संसद् सचिवालयलाई गराइसकेको छ भने निलम्बनबारे सभामुख पनि परामर्शमा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ पुस २०८१, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डीपी अर्याललाई राजनीतिक सम्मान दिनेहरुप्रति धन्यवाद: रवि लामिछाने
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता
उपसभामुखबारे कुनै दलसँग पनि छलफल भएको छैन : रवि लामिछाने
वारेसमार्फत मुद्दा लड्न रवि लामिछानेले पाए अनुमति
प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला: रवि लामिछाने
आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने