एजेन्सी । भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।
मृतकको संख्या अझै बढ्न सक्ने बताइएको बीबीसीले जनाएको छ।
भानुआटुमा मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा परी २ सय जना घाइते पनि भएका छन्भूकम्पका कारण भवनहरू ध्वस्त भएका छन्।
त्यहाँस्थित अमेरिका, फ्रान्स, बेलायत र न्युजिल्यान्डका दूतावासमा पनि बिजुली अवरुद्ध भएको छ। मोबाइल सेवा पनि ठप्प छ।
भानुआटु प्रहरीले सात दिनका लागि ‘आपत्कालीन अवस्था’ लागू गरिएको जनाएको छ।
कहाँ छ भानुआटु देश?
भानुआटु दक्षिण प्रशान्त महासागरमा ८० साना टापुहरूको देश हो। यो फिजीको पश्चिम र अस्ट्रेलियाको पूर्व छ।
यो सम्पूर्ण क्षेत्र सक्रिय भूकम्पीय क्षेत्रमा पर्छ। जहाँ भूकम्प र अन्य प्राकृतिक प्रकोप आइरहन्छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प