एजेन्सी । भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।
मृतकको संख्या अझै बढ्न सक्ने बताइएको बीबीसीले जनाएको छ।
भानुआटुमा मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा परी २ सय जना घाइते पनि भएका छन्भूकम्पका कारण भवनहरू ध्वस्त भएका छन्।
त्यहाँस्थित अमेरिका, फ्रान्स, बेलायत र न्युजिल्यान्डका दूतावासमा पनि बिजुली अवरुद्ध भएको छ। मोबाइल सेवा पनि ठप्प छ।
भानुआटु प्रहरीले सात दिनका लागि ‘आपत्कालीन अवस्था’ लागू गरिएको जनाएको छ।
कहाँ छ भानुआटु देश?
भानुआटु दक्षिण प्रशान्त महासागरमा ८० साना टापुहरूको देश हो। यो फिजीको पश्चिम र अस्ट्रेलियाको पूर्व छ।
यो सम्पूर्ण क्षेत्र सक्रिय भूकम्पीय क्षेत्रमा पर्छ। जहाँ भूकम्प र अन्य प्राकृतिक प्रकोप आइरहन्छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प
संखुवासभामा भूकम्पको धक्का
ताप्लेजुङमा भूकम्पको धक्का
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प