एजेन्सी । अमेरिकाले युक्रेनलाई २० अर्ब डलर सहयोग गरेको छ । अमेरिकाले यो कोष रुसको जफत गरिएको सम्पत्तिबाट लिएको बीबीसीको समाचारमा उल्लेख छ । यो आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा हो ।
अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट आर्थिक सहायताको अर्थ रूसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनु पर्ने बताए ।
उनले मङ्गलबार अमेरिकाले विश्व बैंकको कोषमा २० अर्ब डलर जम्मा गरेको र युक्रेनले उक्त रकम पाउने बताए ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि आफूले पदभार सम्हालेसँगै रुस–युक्रेन युद्ध अन्त्य गर्न चाहेको बताएका थिए ।
ट्रम्पले युक्रेनलाई दिएको सहायतालाई ‘अमेरिकी स्रोतमाथिको बोझ’ भनेका थिए । ट्रम्पको यो भनाइपछि नयाँ राष्ट्रपतिको प्रशासनमा पनि युक्रेनलाई आर्थिक सहायता दिने हो कि होइन भन्ने शंका उत्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २६ मंसिर २०८१, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा