काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी कर्मचारीलाई तीन सेवामा वर्गीकरण गर्ने प्रस्ताव गरेका छन् । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि संशेधन प्रस्ताव राख्दै महामन्त्री थापाले यस्तो प्रस्ताव गरेका हुन् । ‘सरकारी सेवालाई निजामती सेवा (पब्लिक सर्भिस), जुडिसियल सर्भिस र कन्सिच्युसनल सर्भिस गरी तीन सेवामा वर्गीकरण गर्ने’ महामन्त्री थापाको प्रस्ताव छ ।
महामन्त्री थापासँगै कांग्रेसका सांसदहरू बद्रीप्रसाद पाण्डे, जीवन परियार, प्रतिमा गौतम, कुसुम देवी थापा, सीता मिजारले पनि सरकारी कर्मचारीलाई तीन सेवामा वर्गीकरण गर्ने प्रस्ताव गरेका छन् ।
कांग्रेस सांसदहरूका अनुसार पब्लिक सर्भिस सेवा अन्तर्गत रहेका कर्मचारी कार्यपालिकामा रहने छन् । उनीहरूले सरकारी निकायहरुमा काम गर्नेछन् ।जुडिसियल सर्भिस अन्तर्गत रहने कर्मचारीले न्यायपालिका र न्यायपालिका अन्तर्गतका निकायमा काम गर्नेछन् । कन्सिच्युसनल सर्भिस अन्तर्गत रहने कर्मचारीले संसद र संवैधानिक निकाय वा त्यसअन्तर्गतका अंगमा काम गर्नेछन् ।
कांग्रेस सांसदहरूको प्रस्ताव छ, ‘प्रत्येक सेवाका कर्मचारीको तत्–तत् सेवा अन्तर्गतको पदहरूमा मात्र सरुवा वा बढुवा हुन सक्नेछ ।’ तीन वटै सेवा अन्तर्गतका कर्मचारीको हाल निजामती सेवामा रहे अनुसारको समूह र उपसमूहहरुको व्यवस्था गर्ने उनीहरुको प्रस्ताव छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ मंसिर २०८१, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित