नयाँ दिल्ली । हिउँदे अधिवेशनको दोस्रो दिन पनि चर्काे हङ्गामाका बिच भारतमा लोकसभा र राज्यसभा दिनभरका लागि स्थगित गरिएको छ ।
बुधवार कांग्रेसले दुवै सदनमा गौतम अडानीको मुद्दामा बहसको प्रस्ताव राखेको थियो । अदानीमाथि अमेरिकामा ठगीको गम्भीर आरोप लागेको र सरकारले यस विषयमा बहस गर्नुपर्ने कांग्रेसले जनाएको छ ।
‘एकतिर सानातिना आरोपमा सयौँलाई गिरफ्तार गरिँदैछ, अर्काेतिर सरकार अदानीलाई बचाउने काम गरिरहेको छ,’ सांसदबाहिर विपक्षी दलका नेता राहुल गान्धीले पत्रकारसँग भनेका छन् ।
गएको हप्ता मात्रै अडानीमाथि आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप लागेको थियो । यसपछि कांग्रेसले गौतम अदानीलाई पक्राउ गर्न माग गरेका थिए भने प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बचाइरहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा