ककनी । मङ्सिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा मतदातासमक्ष आफ्नो मत माग्दै नेपाली कांग्रेसले ककनी–२ मा प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ।
नेपाली कांग्रेस ककनी वडा नं २ का वडा अध्यक्षका उम्मेदवार सूर्य तामाङ जिम्बाले विगतको कांग्रेसको प्रभाव कायम राख्दै अधुरा कामहरू पूरा गर्ने उद्देश्यले वडावासीको चाहनालाई सम्बोधन गर्ने बाचासहित प्रत्येक मतदाताको घरदैलोमा पुग्ने अभियान सञ्चालन गरिरहेका छन्।
यहाँ २०७९ को स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसका उम्मेदवार तिलक तामाङले विजय हासिल गरेका थिए। तामाङको अधुरा कामलाई सम्पन्न गर्न र वडाको समग्र विकासका लागि नेपाली कांग्रेसले जिम्बालाई वडा तथा पालिका स्तरीय बैठकबाट सर्वसम्मत उम्मेदवार चयन गरेको हो। तामाङ स्वच्छ र इमानदार युवा नेताका रूपमा परिचित छन्।
वडा अध्यक्षका उम्मेदवार जिम्बाले भने, “कांग्रेसको जनलहर देखेर म अत्यन्त उत्साहित छु। वडाबासीले देखाएको माया र भरोसाले हाम्रो जित सुनिश्चित गरिसकेको अनुभूति भइरहेको छ। कार्यकर्ताहरूको उत्साहजनक सहभागिताले हामी राम्रो मतसहित विजय हासिल गर्नेछौँ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ मंसिर २०८१, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित