काठमाडौँ । सरकारले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अनुसार पक्राउ गरिएको जनाएको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले उक्त कदम प्रतिवेदनमा उल्लेखित कानुन र नियम अनुसार भएको पुष्टि गरेका छन्।
यसअघि एमालेले अध्यक्ष ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको रूपमा आलोचना गरेको थियो। तर सरकारले कुनै पनि राज्य क्रियाकलाप कानुनविरुद्ध नभएको र त्यसमा बाहिरी हस्तक्षेप नहुने प्रष्ट पारेको छ।
गत भदौ २३ र २४ गते जेन जेड आन्दोलनका बेला तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको नेतृत्वमा सरकारले प्रदर्शनमा दमन र बल प्रयोग गरेको बताइएको थियो। अध्यक्ष ओली पक्राउ परेपछि एमालेले राजधानीका सडकमा प्रदर्शन जारी राखेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ चैत्र २०८२, २१ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खर्च कटौतीको नारा, तर मन्त्रीका सल्लाहकारमा करोडौं खर्च
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'