काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गरेको राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
आयोगका अनुसार ४४ स्थानमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट गरेर ४०७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेपाली कांग्रेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) सहित विभिन्न राजनीतिक दलबाट २८६ जनाले उम्मेदवारी दिँदा स्वतन्त्रबाट १२१ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।
जसमा जम्मा उम्मेदवारीको ८३.७८ प्रतिशत अर्थात् ३४१ जना पुरुष, १५.७२ प्रतिशत अर्थात् ६४ जना महिला र २ जना यौनिक तथा लैंगिक अल्पसंख्यकको उम्मेदवारी दर्ता भएको आयोगका सहसचिव एवं प्रवक्ता निता पोखरेलले जानकारी दिइन् ।
आयोगको सूची अनुसार उपनिर्वाचन हुन लागेको ४४ स्थान मध्ये सबैभन्दा बढी नेपाली कांग्रेसले ४१ स्थानमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएको छ भने दोस्रोमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले बराबर ४०–४० स्थानमा उम्मेदवारी दर्ता गराएको छ ।
यस्तै तेस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३७ स्थानमा, जनमत पार्टीले १५ स्थानमा, नेकपा (एकीकृत समाजवादी)ले १४ स्थानमा, नेपाल समाजवादी पार्टी (नेसपा)ले १२ स्थानमा जनता समाजवादी पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ११ स्थानमा, नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले १० स्थानमा र जनता समाजवादी पार्टी (जसपा)ले ९ स्थानमा उम्मेदवारी दर्ता गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ मंसिर २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह