काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गरेको राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
आयोगका अनुसार ४४ स्थानमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट गरेर ४०७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेपाली कांग्रेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) सहित विभिन्न राजनीतिक दलबाट २८६ जनाले उम्मेदवारी दिँदा स्वतन्त्रबाट १२१ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।
जसमा जम्मा उम्मेदवारीको ८३.७८ प्रतिशत अर्थात् ३४१ जना पुरुष, १५.७२ प्रतिशत अर्थात् ६४ जना महिला र २ जना यौनिक तथा लैंगिक अल्पसंख्यकको उम्मेदवारी दर्ता भएको आयोगका सहसचिव एवं प्रवक्ता निता पोखरेलले जानकारी दिइन् ।
आयोगको सूची अनुसार उपनिर्वाचन हुन लागेको ४४ स्थान मध्ये सबैभन्दा बढी नेपाली कांग्रेसले ४१ स्थानमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएको छ भने दोस्रोमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले बराबर ४०–४० स्थानमा उम्मेदवारी दर्ता गराएको छ ।
यस्तै तेस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३७ स्थानमा, जनमत पार्टीले १५ स्थानमा, नेकपा (एकीकृत समाजवादी)ले १४ स्थानमा, नेपाल समाजवादी पार्टी (नेसपा)ले १२ स्थानमा जनता समाजवादी पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ११ स्थानमा, नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले १० स्थानमा र जनता समाजवादी पार्टी (जसपा)ले ९ स्थानमा उम्मेदवारी दर्ता गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ मंसिर २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान
आज साँझ पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचन आयोग
मतपेटिका साटिने हल्ला निराधार र भ्रामक: निर्वाचन आयोग
२४ घण्टाभित्र मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी
सम्पूर्ण मतदातालाई आत्मविश्वासका साथ मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह
निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै