काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरा र काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । आज बिहान ११ बजे पोखराको मानवअधिकार चोक र दिउसो १ बजे काठमाडौँको माइतीघरमा प्रदर्शन गर्न लागिएको हो ।
पोखरामा हुने प्रदर्शनको नेतृत्व गर्न पार्टीका दुवै उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेलगायतका नेताहरू गए राति नै पोखरा पुगेका छन् । राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता भन्ने नाराका साथ रास्वपाले लामिछानेको पक्राउविरुद्ध प्रदर्शन गर्न लागेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज बिहान कास्की प्रहरीको जिम्मा लगाएको छ । शुक्रबार साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर सडकमार्ग हुँदै पोखरा ल्याएको सीआईबीले शनिबार बिहानका करिब ३ बजेतिर कास्की प्रहरीको जिम्मा लगाएको हो ।
रातभरको पार्टी कार्यकर्ताको अवरोध र नाराबाजी छल्दै लामिछानेलाई सडकमार्ग हुँदै पोखरा पुर्याइएको थियो । सीआईबीले सुरुमा रविलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएर जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याइएको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
रविलाई पोखरामा पुर्याएर कास्की प्रहरीको हिरासतमा राखेपछि रास्वपा उपाध्यक्षद्वय वाग्ले र अर्यालसँगै रवि पत्नी निकिता पौडेलले भेट गरेका थिए । सडकमार्गबाट पोखरा जानेक्रममा बाटोमासमेत ठाउँ ठाउँमा रविको समर्थनमा नाराबाजी गर्न कार्यकर्ता सडकमा उपस्थित भएका थिए । उनीहरुले सकारकारको विरोध गर्दै रविको पक्षमा नाराबाजी गरेका थिए ।
लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारीको रकम ठगीको आरोप छ । यसअघि सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले लामिछानेले सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न प्रहरीसमक्ष सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ कार्तिक २०८१, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
भारत भ्रमणमा रहेका रवि लामिछानेलाई दिल्ली विमानस्थलमा भाजपा नेतृत्वद्वारा स्वागत
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?