काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले सडक मार्ग हुँदै आजै कास्कीको पोखरा लैजाँदै छ ।
पक्राउ पुर्जी लिएर पार्टी केन्द्रीय कार्यालय पुगेको प्रहरी टोलीसँग सभापति लामिछानेको कुराकानी भइरहेको र पक्राउका क्रममा प्रहरीलाई कुनै किसिमको अवरोध वा प्रतिकार नगरिने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
सभापति लामिछानेले केही बेरमै पार्टी सदस्य र सञ्चारकर्मीलाई आफ्ना कुरा राखेपछि सडक मार्ग हुँदै पोखरा जाने उनले जानकारी दिए । सूर्य दर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनीविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय पुगेको छ ।
सूर्य दर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ कार्तिक २०८१, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
जेन जेड सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल
परिवर्तन चाहनेहरूसँग मिल्न सभापति छाड्न तयार छु: रवि लामिछाने
काठमाडौँ आइपुगे रवि लामिछाने
रिहा पछि आज चितवनबासीलाइ ‘विशेष सम्बोधन’ गर्दै रवि लामिछाने
रवि लामिछाने भैरहवाबाट रिहा