काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ६ बस्ने होमबहादुर मगरको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले अनुसन्धानपछि उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पाँचथर तुम्लिङ गाउँपालिका–५ स्थायी घर भएका अमृत मगर, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ का भुवन श्रेष्ठ र इलाम माई नगरपालिका –२ की विमला भट्टराई छन् ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मंगलबार दिउँसो गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीस्थित लस लाइट स्कूल नजिक सार्वजनिक स्थानमा होमबहादुर अचेत अवस्थामा फेला परेका थिए।
लगत्तै उनलाई उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल लगिएकोमा साढे तीन बजे चिकित्सकहरूले मृत घोषणा गरेका थिए। होमबहादुर अचेत अवस्थामा पुगेपछि तीन जना फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० असोज २०८१, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साढे १८ लाख नगदसहित एक जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ