रूपन्देही । श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । ४० वर्षीया सुनिता भट्टराई चौधरीको हत्या गरेको अभियोगमा देवदह नगरपालिका-९ भलुही बस्ने ५० वर्षीय दशरथ चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
दशरथले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकी सुनिताको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट भलुही र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले बुधबार जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० असोज २०८१, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ