अलाबामा । अमेरिकाको अलाबामा राज्यको बर्मिङ्घममा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । बर्मिंघमका प्रहरी अधिकारी ट्रुमन फिट्जगेराल्डले शनिबार साँझ सहरको फाइभ प्वाइन्ट्स साउथ डिष्ट्रिक्टमा सामूहिक गोलीबारीको यो घटना भएको बताएका छन् ।
‘धेरै व्यक्तिहरूले एकैचोटी मानिसहरूको समूहमा गोली हाने,’ फिट्जगेराल्डले भने । घटनास्थलबाट प्रहरीले तीन जनाको शव फेला पारेको थियो । यसमा एक महिला र दुई पुरुष थिए । अस्पतालमा अर्को एक जनाको मृत्यु भयो । यी मृतकलाई गोली लागेको थियो ।
बन्दुकधारी घटनास्थलसम्म पैदल हिँडेर आएका थिए कि कारमा भन्ने कुरा पत्ता लगाउने कोसिस जासुसहरूले गरिरहेका छन् । यस प्रकरणमा अहिलेसम्म कोही पक्राउ परेका छैनन् । घटनामा धेरै मानिसलाई गोली लागेको र अहिलेसम्म प्राप्त जानकारी अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
अमेरिकामा गोलीकाण्डका घटनाको जानकारी सङ्कलन गर्ने गन वाइलेन्स आर्काइभका अनुसार अमेरिकामा यो वर्ष अहिलेसम्म ४ सय गोली हानाहान भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल अमेरिकाको ‘टायर २ वाच लिस्ट’मा : पछिल्लो २४ वर्षमा महत्वपूर्ण गिरावट
अमेरिका र इरानबीच तनाव बढ्ने संकेतपछि कच्चा तेलको मूल्य बढ्यो
अमेरिकाबाट फिर्ता गरिएकाहरू, फेरि तनावमा पर्न चाहँदैनन्
अमेरिका र चीनबिच हुने व्यापार सम्झौतासम्बन्धी बैठकबारे ट्रम्पले के भने ?
अमेरिकाले इरानलाई पठायो आणविक सम्झौताको प्रस्ताव
अमेरिकामा बच्चा र गर्भवती महिलालाई कोभिड विरुद्धको खोप नलगाइने