अलाबामा । अमेरिकाको अलाबामा राज्यको बर्मिङ्घममा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । बर्मिंघमका प्रहरी अधिकारी ट्रुमन फिट्जगेराल्डले शनिबार साँझ सहरको फाइभ प्वाइन्ट्स साउथ डिष्ट्रिक्टमा सामूहिक गोलीबारीको यो घटना भएको बताएका छन् ।
‘धेरै व्यक्तिहरूले एकैचोटी मानिसहरूको समूहमा गोली हाने,’ फिट्जगेराल्डले भने । घटनास्थलबाट प्रहरीले तीन जनाको शव फेला पारेको थियो । यसमा एक महिला र दुई पुरुष थिए । अस्पतालमा अर्को एक जनाको मृत्यु भयो । यी मृतकलाई गोली लागेको थियो ।
बन्दुकधारी घटनास्थलसम्म पैदल हिँडेर आएका थिए कि कारमा भन्ने कुरा पत्ता लगाउने कोसिस जासुसहरूले गरिरहेका छन् । यस प्रकरणमा अहिलेसम्म कोही पक्राउ परेका छैनन् । घटनामा धेरै मानिसलाई गोली लागेको र अहिलेसम्म प्राप्त जानकारी अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
अमेरिकामा गोलीकाण्डका घटनाको जानकारी सङ्कलन गर्ने गन वाइलेन्स आर्काइभका अनुसार अमेरिकामा यो वर्ष अहिलेसम्म ४ सय गोली हानाहान भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा