काठमाडौं । भारतको सर्वोच्च अदालतले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश सूर्यकान्त र उज्जल भुयनले इजलासले केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
केजरीवाल मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका थिए । भारतीय समाचार पीटीआईका अनुसार न्यायाधीश उज्जल भुयनले धरौटीमा रिहा गर्न सीबीआईलाई आदेश दिँदै भनेका छन्, ‘उनी पिँजडामा बन्द सुगा होइनन् भनेर देखाउनुपर्छ ।’
यसअघि केजरीवालले सीबीआईमा दुईवटा निवेदन दिएका थिए । एउटा निवेदन धरौटीमा रिहा गर्न नमानेको विरोधमा र अर्को निवेदन सीबीआईले आफूलाई पक्राउ गरेको विरोधमा थियो । तर सर्वोच्चले सीबीआईले गरेको केजरीवालको गिरफ्तारी कानुनसम्मत भएको ठहर गरेको थियो ।
भारतको आम निर्वाचनको बेलामा भने चुनाव सकिएलगत्तै हिरासतमै बस्नुपर्ने सर्तमा केजरीवाल केही दिन रिहा भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ भदौ २०८१, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास
इरानबाट २८२ भारतीय दिल्ली पुगे
दिल्लीमा भीषण हुरी र वर्षा: सडक जलमग्न
दिल्ली मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताले लिइन् शपथ
प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली
शनिबार पनि दिल्लीको हावा 'गम्भीर' श्रेणीमा, काठमाडौँ प्रदूषित सहरको शीर्ष १० मा