सुर्खेत । आइतबार हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थिगित भएको छ ।
सम्पुर्ण तयारीका बाबजुत मध्यराती उक्त कार्यक्रम स्थगित गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएनि समारोह स्थिगित गरिएको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले जानकारी दिए ।
दीक्षान्त समारोह स्थापना भएको १३ वर्षपछि गर्न लागिएको हो । त्यसका लागि सम्पुर्ण तयारी भइसकेको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि सहभागी हुने थिए ।
कार्यक्रमका लागि विभिन्न ठाउँबाट दीक्षित हुने व्यक्ति, सुरक्षा निकायदेखि सरोवारवाला व्यक्तिहरुको समेत जुम्लामा सहभागीता भइसकेको थियो । तर एक्कासी प्रधानमन्त्रीको अर्को कार्यक्रम परेकाले नआउने भएपछि कार्यक्रम स्थगित गर्नुपरेको रावलले जानकारी दिए ।
‘आँखाको कार्यहरु त हुन्छ, दीक्षान्त समारोह र सभा तथा शैक्षिक भवन उद्घाटनको काम रोकियो,’उनले भने, ‘प्रधानमन्त्री नआउने भएपछि स्वास्थ्यमन्त्री पनि आउनुहुन्न ।’
यो कार्यक्रम अब कार्तिक २८ गते हुने उनको भनाइ छ । कार्यक्रमको तयारीका लागि लाखौँ रकम खर्च भइसक्दा प्रधानमन्त्रीले एक्कासी नआउने निर्णय गरेपछि जुम्ला पुगेका पाहुनाहरु भने निराश बनेका छन् ।
दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुनेछन् । ती विद्यार्थीहरु जुम्ला पुगिसकेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ भदौ २०८१, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने
प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कुलमानले भने: हामी सबै एक भएर अगाडि बढ्नुपर्छ