काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयपछि परिवार भेट्न पाएका भोजपुरका प्रकाश तामाङलाई केही दिनभित्रै नागरिकता दिलाउने व्यवस्था मिलाइएको बताएका छन्।
‘हेर्ने कथा’मा प्रकाश सानैमा हराएर ३ दशकभन्दा बढी समयदेखि परिवारसँग बिछोडिएको दु:खद घटना सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण भएको हो।
अनुमानित ४० वर्ष पार गरिसकेका प्रकाशको अहिलेसम्म नागरिकतासमेत नरहेको थाहा पाएपछि प्रधानमन्त्री ओलीले सुरुमा उनलाई नागरिकता दिलाउनले पहल थालेका हुन्।
उनलाई तुरुन्तै नागरिकता दिलाउने प्रक्रिया अघि बढाउन आफूले मंगलबार राति १० बजे गृहसचिव एकनारायण अर्याललाई निर्देशन दिएको प्रधानमन्त्री ओलीले बताएका छन्।
‘उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ’, ओलीले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ।’
नागरिकता भए मात्र उनको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने भएकाले पहिले नागरिकता बनाइदिन लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ।
‘नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ’, ओलीले भनेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोहित पौडेलको टोलीले विश्वकपमा देखाउने छ आत्मविश्वास र एकता : प्रधानमन्त्री कार्की
स्वास्थ्य बीमा समस्या समाधानका लागि प्रधानमन्त्रीबाट बैठक आह्वान
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण
काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की