बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ।
इलाका प्रहरी कार्यालय बुटवल अनुसार अनुसार लु ८७ प ४५७३ नम्बर स्कुटर विपरीत दिशाबाट आउँदै गरेको १ च ६७८३ नम्बरको बलेरो र शान्ति चोकबाट निस्केको नम्बर नखुलेको मोटरसाइकल एक आपस ठक्कर खाएका थिए।
स्कुटर बलेरोमुनि पस्दा अर्घाखाँचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ वर्षिय शुष्मा श्रेष्ठ मृत्यु भएको हो ।
श्रेष्ठलाई बुटवल १२ शान्तिचोकमा नम्बर नखुलेको मोटरसाइकले ठक्कर दिएको र मोटरसाइकलको ठक्करबाट हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु