काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै मुगुका २५ वर्षीय गणेश नेपालीलाई सरकारले आत्मदाह गर्ने ठाउँबाट पुर्याएको आरोप लगाए।
वीर अस्पतालमा परिवारको बिचल्ली भएको बताए।उनले भने, ‘हिजोअघि त्यहाँ केही मान्छेहरूले भन्दै हुनुहुन्थ्यो हिजो रातभरि त्यहाँ गृहमन्त्री आउनुभयो, यहाँ बस्नुभयो भन्दै हुनुहुन्थ्यो। म भन्न चाहन्छु सरकारलाई, अघि प्रवक्ता माननीयले पनि यहाँ धेरै कुरा राखिसक्नुभएको छ, स्टन्ट गर्ने बानी सरकारले छोड्नुपर्यो। स्टन्ट बन्द गर्नुपर्यो।’
यो यो घटनाको मुख्य जिम्मेवार सरकार भएको बताए।उनले थपे, ‘यो हत्याको जिम्मेवार बालेन्द्र सरकार हो, बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई मार्ने गरी अगाडि बढिरहेको छ। म यो सरकार मुर्दावाद भन्न चाहन्छु।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असार २०८३, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरामा प्रधानमन्त्रीलाई विश्वास छैन: एमाले
एमाले प्रमुख सचेतकमा ऐन महर
ऐन महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान अघि बढाउने निर्णय
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ