काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकको कार्यान्वयनका लागि नेपाल सरकार लगायत सबै सार्वजनिक निकायलाई थप जिम्मेवार भएर लाग्न आह्वान गरेका छन् ।
राष्ट्रिय सूचना आयोग स्थापनाको १८औँ वर्षमा प्रवेश गरेका अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् ।
लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका निम्ति राज्यको कामकारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले सही सूचनाको प्रवाहद्वारा मात्र शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ्न गई शासन व्यवस्थाले वैधता प्राप्त गर्ने बताए ।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपालको संविधानले नेपाली नागरिकलाई प्रदान गरेको सार्वजनिक निकायमा रहेको आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक स्थापित गरेको छ । लोकतान्त्रिक शासन पद्धतिमा सार्वजनिक निकायहरू नागरिकप्रति जबाफदेही, उत्तरदायी र पारदर्शी हुन आवश्यक छ ।
जबाफदेहिता, उत्तरदायी र पारदर्शी क्रियाकलापबाट मात्र देशमा सुशासन कायम गर्न सहयोग पुग्दछ । नेपाल सरकारको सुशासनयुक्त देश बनाउने लक्ष्यमा सूचनाको हकको प्रभावकारी कार्यान्वयनले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ भदौ २०८१, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक
रास्वपालाई भुटानका प्रधानमन्त्रीको बधाई: दुई देशको मित्रता अझ प्रगाढ बन्ने आशा छ
निर्वाचन सफल भएकोमा बङ्गलादेशका प्रधानमन्त्री रहमानले दिए नेपाललाई बधाई
प्रधानमन्त्री कार्कीले धापासी पुगेर गरिन् मतदान
निर्वाचनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल